चितवन समाचार डटकम भरतपुर, २० माघ
भरतपुर महानगरपालिकामा निर्माणको घोषणा गरिएकोे गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा आज सिताराम कट्टेल धुर्मस र कुञ्जना घिमिरे सुन्तलीले डोजर चलाएर डिपीआर आरम्भ गरेका छन् । डोजरले मैदान सम्याउन शुरु गरेको छ । भोलीवाट फिल्ड अफिस सञ्चालन गरिनेछ । धुर्मुस सुन्तलीलाई आज रंगशाला निर्माण स्थलमा यहाँका जनप्रतिनिधी र नागरिक समाजले भव्य स्वागत तथा अभिनन्दन गरेका छन् । सो क्रममा संवोधन गर्दै धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रंगशाला निर्माण तोकिएकै समयमा पुरा गर्ने अठोट गर्दै सहयोगका लागी देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्नुभयो ।
त्यस अघिआज विहान १० बजे भरतपुरको चौविसकोठीवाट शुरु भएको नागरिक ¥यालीमा धुर्मुस सुन्तली सहित भरतपुर महानगर प्रमुख रेनु दाहाल र अरु जनप्रतिनिधीहरु पनि सहभागी हुनुभएको थियो । राष्ट्रिय झण्डा सहित हज्जारौं सर्वसाधरणको उपस्थितिमा भएको ¥याली भरतपुरको चौविसकोठीवाट, मङ्गलपुर बजार, १६ नम्वर वडा कार्यालय हुदैं रंगशाला निर्माण स्थल सम्म पुगेको थियो छ ।
¥याली पछि निर्माण स्थलमा रंगशालाको जिल्ला घोषणा र डिपिआर शुभारम्भ गरिएको छ ।
केही दिन अघि रंगशाला भरतपुरमा निर्माणको लागि भरतपुर महानगरपािलका र धुर्मस सुन्तली फाउण्डेशन बीच सम्झौता भएको थियो । रंगशाला भरतपुरको कृषि वन तथा विज्ञान विश्वविद्यालयको जग्गामा निर्माण हुन लागेको छ ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरतपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।
गुरुयोजना तयार भएको २ वर्ष््िभत्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले जनाएको छ । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनले जनाएको छ । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ ।
मौलिक डिजाइनमा बन्ने रंगशाला कमलको फुलको आकारमा निर्माण हुनेछ । रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुपा रहनेछ । अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ । क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ ।