सामुहिक खेतीमा लाग्न प्रदेश कृषी मन्त्री लामाको आग्रह

 

चितवनसमाचार डटकम ,
१९ माघ ।
प्रदेश नम्वर ३ का कृषी भुमी व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी सामुहिक खेतीको लागी प्रदेश सरकारले काम शुरु गरेको बताउनुभएको छ ।

२८५५ औं सोनाम ल्होछारको अवसरमा पूर्वी चितवनको राप्तीमा आज आयोजीत शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै मन्त्री लामाले यस प्रदेशको पूर्वको दुधौली र पश्चिमको माडीमा सामुहिक तथा चक्लावन्दी खेती प्रणालीको शुरुवात गर्न लागिएको वताउनुभयो ।

यसको कार्यविधि र नीति नियम प्रदेश सरकारले पारित गरिसकेको छ , अव कार्यान्वयनमा अघि वढ्दैछौ, मन्त्री लामाले भन्नुभयो ।
“सवैजना अव सामुहिक खेतीमा लागौं, जहाँ जे फल्छ तेही फलायौं भने आत्मनिर्भर र समृद्धि प्राप्त हुन्छ, मन्त्री लामाले भन्नुभयो आफ्नो जग्गा छैन भने सामुदायिक वन भाडामा लिएर कागती सुन्तला खेती गर्न पनि सकिन्छ ।”
कृषी र पर्यटन लाई विकासको मेरुदण्डको रुपमा लिएको स्पष्ट पार्दै मन्त्री लामाले तीन नम्वर प्रदेशको समग्र विकासलाई तीव्रता दिन सरकार लागी परेको बताउनुभयो ।
सबै जातजाती र धर्मसंस्कृतीको एकतावाट मात्रै समृद्धिको अभियानमा सफलता प्राप्त गर्न सकिने मन्त्री लामाले बताउनुभयो । तामाङ समुदायले मनाउने ल्होछारको दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने तयारी गरेको पनि उँहाले जानकारी दिनभयो । माघ २२ गते सोनाम ल्होछार परेको छ ।

ताजा अपडेट