जलदेवी सामुदायिक वनको उदाहरणीय काम, विपन्न सदस्यहरुको स्वास्थ्य बिमा

 

चितवन समाचार डटकम
माघ १९ ।
भरतपुर महानगरपालिका वडा नम्वर २ मा रहेको जलदेवी सामुदायीक वन उपभोक्ता समितिले आर्थिक रुपमा कमजोर आफ्ना ६५ घरपरिवार सदस्यलाई आज स्वास्थ्य विमा कार्ड उपलब्ध गराएको छ । समितिको आपटारीमा रहेको कार्यलयमा एक औपचारिक कार्यक्रमका विच चितवन क्षेत्र नम्वर– २ का प्रतिनिधी सभा सभा सदस्य कृष्णभक्त पोखरेलले विमा कार्ड हस्तान्तरण गर्नुभयो । वन उपभोक्ता समितिले प्रति परिवार दुई हजार पाँच सय रुपैँया तिरेर ६५ घर परिवारको स्वास्थ्य विमा गरेको अध्यक्ष केशव थापा नीरुले जानकारी दिनुभयो ।
कार्यक्रममा संवोधन गर्दै प्रतिनिधी सभा सदस्य पोखरेलले जलदेवी सामुदायिक वनले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । यस्ता अनुकरणीय कार्यको अरु संस्थाले पनि सिको गर्नु राम्रो हुन्छ, पोखरेलले भन्नुभयो ।
संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति
समेत रहनुभएका पोखरेलले नयाँ कानुनले जनताको स्वास्थ्य उपचारको अधिकार स्पष्ट गरेको जनाउँदै अव यसको कार्यन्यवनमा सरकार अघि वढ्ने बताउनुभयो । “अव कोही जनता पनि उपचारबाट वञ्चित हुनुपर्दैन, कानुनमा स्पष्ट व्यवस्था गरिएको छ अव यस्को कार्यान्वयन अघि बढ्छ ” साँसद पोखरेलले भन्नुभयो ।
कानुनको निर्माण संगैं देश अव समृद्धिको वाटोमा अघि बढेको पोखरेलले बताउनुभयो । आफ्नो क्षेत्र र यहाँका जनताको सेवामा आफु प्रतिवद्ध भई लागिपरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भरतपुर अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष भण्डारी , भरतपुर महानगरपालिका वडा नम्वर २ का अध्यक्ष पूर्णवहादुर श्रेष्ठ, कार्यपालिका सदस्य दानकुमारी विक, युवा उद्यमी मञ्चका अध्यक्ष निरन्जन न्यौपाने लगायत अतिथी रहनुभएको थियो ।
जलदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशव थापा नीरुको अध्यक्षतामा भएको कायक्रममा सहभागी भई स्वास्थ्य विमा कार्ड प्राप्त गरेकाहरुले खुसी व्यक्त गरेका थिए ।

ताजा अपडेट