भरतपुर–४ मा गैंडा आतङ्क, नदी किनारमा जाली लाउने महानगरको योजना

चितवन समाचारडटकम
भरतपुर , १९ माघ ।
भरतपुर महानगरपालिका वडा नम्वर ४ यज्ञपुरीमा गैंडाले स्थानीयको गहँुबाली नष्ट गरेको छ ।

स्थानीय नन्दलाल गैरे, हरि न्यौपाने , कृष्ण कँडेल , उदयवहादुर नेपालीले करिव १२ कठ्ठा क्षेत्रफलमा लगाएको गहुँबाली राती गैंडाले नष्ट गरेको वडाअध्यक्ष हरिप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आफ्नो साढे चार कठ्ठा क्षेत्रफलमा लगाएको गहँुवाली नष्टभएको बताउदैं स्थानीय वासीन्दा नन्दलाल गैरेले क्षतिपूर्तीका लागी पहल गरिदिन जनप्रतिनिधिलाई आज आग्रह गरेको जानकारी दिनुभयो ।“ हाम्रो आम्दानी भनेकै यही बाली नालीवाट हो, गैंडाले सबै नष्ट गर्यो हाम्रो विचल्ली भयो ” गैरेले भन्नुभयो ।


यज्ञपुरी, वाह्रघरे, लक्ष्मीपुर, राममन्दीर क्षेत्र , शिवघाट लगायत नारायणी नदी किनारका वस्तीहरु गैंडाले प्रभावित वनाएको छ । जङगलवाट नदी हुदैं गैडा वस्तीमा छिर्ने गरेको छ ।

पछिल्लो पटक यस क्षेत्रमा गैंडाको आवतजावत बढेको छ । गैंडाको वाक्लो आवतजावतले स्थानीय त्रसित बनेको वडाअध्यक्ष आचार्यले बताउनुभयो ।

“वडाका विभिन्न ठाँउमा पटकपटक वाली नाली नष्ट गरेको छ, गैंडाको यस्तै वाक्लो आवातजावतले थप दुर्घटना निम्तने खतरा बढ्यो, अध्यक्ष आचार्यले भन्नुभयो ,” स्थानीय त्रसित बनेका छन् ।

गैंडालाई बस्तीमा छिर्न नदिन भरतपुर महानगरपालिका कार्यालयले नारायणी पुल देखि ज्ञानेश्वर सामुदायिक वन सम्मको नदी किनारको क्षेत्रमा फाउण्डेशन सहितको तारजाली लगाउने योजना वनाएको जनाएको छ ।

पहिला भट्का तार लगाउने तयारी गरिएपनि त्यो दीगो प्रविधि नहुने देखिएपछि प्रभावित क्षेत्रमा नदी किनारमा फाउण्डेशन सहितको तार जाली लगाउने योजना बनेको महानगरका वरिष्ठ ईन्जिनियर विराट घिमिरेले जानकारी दिनुभयो । तारजाली लगाउने काम छिट्टै अघि बढ्ने घिमिरेले जानकारी दिनुभयो ।

ताजा अपडेट