रंगशाला स्थापनाको खुसीयालीमा चितवनमा वृहत नागरिक ¥यालीको आयोजना

 चितवन समाचार डटकम भरतपुर, १९ माघ :

भरतपुर महानगरपालिकामा निर्माणको घोषणा गरिएकोे गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको स्थापनाको खुसीयालीमा भरतपुरमा भोली वृहत नागरिक ¥यालीको आयोजना गरिएको छ ।

विहान १० बजे भरतपुरको चौविसकोठीवाट शुरु हुने नागरिक ¥यालीमा महानगर प्रमुख रेनु दाहाल र रंगशाला निर्माणको जिम्मा पाएको धुर्मुस सुन्तली फउण्डेशनका सिताराम कट्टेल “धुर्मस” पनि सहभागी हुनुहुनेछ । राष्ट्रिय झण्डा सहित हज्जारौं सर्वसाधरणको उपस्थितिमा हुने ¥याली भरतपुरको चौविसकोठीवाट, मङ्गलपुर बजार, १६ नम्वर वडा कार्यालय हुदैं रंगशाला निर्माण स्थल सम्म पुग्ने छ ।

¥याली पछि निर्माण स्थलमा रंगशालाको जिल्ला घोषणा र डिपिआर शुभारम्भ गरिने भरतपुर महानगरपालिकाले जनाएको छ ।

¥यालीमा खेलाडी, उद्योगपति, पेशाकर्मी, नागरिक समाज, युवा विद्यार्थी सबैलाई सहभागी हुन महानगरपािलकाले आग्रह गरेको छ । केही दिन अघि रंगशाला भरतपुरमा निर्माणको लागि भरतपुर महानगरपािलका र धुर्मस सुन्तली फाउण्डेशन बीच सम्झौता भएको थियो । रंगशाला भरतपुरको कृषि वन तथा विज्ञान विश्वविद्यालयको जग्गामा निर्माण हुन लागेको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरतपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।

गुरुयोजना तयार भएको २ वर्ष्िभत्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले जनाएको छ । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनले जनाएको छ । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ ।

मौलिक डिजाइनमा बन्ने रंगशाला कमलको फुलको आकारमा निर्माण हुनेछ । रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुपा रहनेछ । अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ । क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ ।

रंगशालाको गुरुयोजना तयार पार्न ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ ।

रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको छ ।

ताजा अपडेट