आक्रमण साप्ताहिकको १२ औ वार्षिक उत्सब

चितवन २१ भदौ । चितवनबाट प्रकाशित हुदै आएको आक्रमण साप्ताहिकले १२ औं वार्षिक उत्सब आज मनाएको छ ।
२०६४ सालबाट प्रकाशित हुदै आएको साप्ताहिकले आज भरतपुरमा शुभकामना आदानप्रदान गरी उत्सब मनाएको हो । पत्रिकाका प्रकाशक टीकादत्त तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले सञ्चार माध्यमको निरन्तरता चुनौति हुदै गएको भन्दै खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले स्थानीय सञ्चार माध्यमको निरन्तरता चुनौति हुदै गएको बताउनु भयो । सञ्चार माध्यमले उठाउने विषयवस्तु, व्यवसायिक रुपमा अगाडि वढाउने विषयमा चुनौति देखा परेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस संगठनका केन्द्रीय सदस्य शालिग्राम नेपाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार विरेन्द्रमणि पौडेललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट