डा. गाेविन्द केसीले ताेडे अनसन, सरकार गैर जिम्मेवार भएको केसीकाे अाराेप

काठमाण्डौ १८ माघ ।
चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै १६ औँ पटक अनसन वस्नु भएका प्रा.डा.गोविन्द केसीले जुस पिएर साँझ अनसन तोड्नु भएको छ ।
शुक्रबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर उहाँले तत्काल आफ्नो अनसन स्थगित गरेको जानकारी दिनु भयो । आफ्नो मागको विषयमा सरकार गैर जिम्मेवार भएकाष्े भन्दै उहाले अहिलेको लागि अनसन ताडेको र आन्दोलन जारी रहेको बताउनु भयो ।
नागरिक समाजका अगुवाहरुको आग्रहलाइ स्वीकार गर्दै डाक्टर गोविन्द केसीले २४ दिन लामो सत्याग्रह हाललाई स्थगन गर्ने निर्णय लिएको बताउनुभयो । उहाँलाई पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुङ्गाना तथा अस्पतालमा सरसफाइ गर्ने कर्मचारीले जुस खुवाएर अनसन तोडाएका थिए ।
डाक्टर केसीले सम्पूर्ण आम नागरिकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भन्नुभयो, ‘चिकित्सा शिक्षा विधेयकमै सम्बन्धनका प्रावधानलगायतमा सुधारको जति काम सरकारको बदनियतका कारण अधुरो रहन गएको छ, त्यो पूरा गर्न तथा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न म निरन्तर फरक रुपमा लडिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
अझै पनि आफूहरुसँग यस अगाडि भएको सम्झौताअनुसार ऐन सच्याउन सरकारलाई समय दिँदै ऐन नसच्याइएमा तथा अहिलेसम्मका उपलब्धि उल्टाउन खोजिएमा १७ औ अनसन बस्ने चेतावनी दिए ।
शुक्रबार नै पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले डाक्टर केसीलाई भेटेर अनसन तोड्न आग्रह गर्नुभएको थियो । त्यस्तै बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि डाक्टर केसीलाई अनसन तोड्न आग्रह गर्नुभएको थियो ।
सरकारले डाक्टर केसीको माग अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याएको दावी गर्दै आएको छ । विरोधका बाबजुद यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ ।
डाक्टर केसीले अनसन तोडेसँगै आन्दोलनरत चिकित्सकहरु आन्दोलनका कार्यक्रम स्थगित गरेर नियमित काममा फर्किएका छन् ।

शेयर गरौ

ताजा अपडेट