अव कोही पनि वालिवालिका शिक्षा बाट बञ्चित हुनुपर्दैन ः कृष्णभक्त पोखरेल

 

चितवन समाचारडटकम ,
माघ १८ गते

 

चितवन क्षेत्र २ का प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेलले नयाँ संविधानमा विद्यालय तहको शिक्षा अनिवार्य र निशुल्क गरेको भन्दै अव कोही पनि बालबालिका शिक्षा पाउनबाट बञ्चित हुन नपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहेका सांसद पोखरेलले व्यक्ति शिक्षित भएमात्र समाज र देश शिक्षित हुने भन्दै सरकारले शिक्षामा अत्याधिक लगानी गरिरहेको बताउनुभयो ।

नारायणगढ स्थित आदिकवि भानु माविको स्वर्ण महोत्सव समारोह उद्घाटन समारोहका प्रमुख अतिथि रहेका सांसद पोखरेलले सरकारी विद्यालयको शिक्षा गुणस्तरीय बन्दै गएको र अभिभावकहरुको पनि मन जित्दै गएको बताउनुभयो ।

‘एउटा विद्यालयमा पढ्न नसक्ने विद्यार्थी अर्को विद्यालयमा अध्ययन गर्न प्रेरित गरिनुपर्छ, सांसद पोखरेलले भन्नुभयो, ‘गुणस्तरीय शिक्षक भए, शिक्षा पनि सुधार हुने र आवश्यक दक्ष जनशक्ति उत्पादन हुनेछ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

ताजा अपडेट