पत्रकार महिलाको राष्ट्रिय सम्मेलनबाट १३ वुदे घोषणा पत्र जारी

चितवन समाचारडटकम
पटिहानी १८ माघ ।

सशक्त महिला पत्रकार ः समृद्ध राष्ट्र र सञ्चार भन्ने नारा सहित चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा सम्पन्न पत्रकार महिलाको राष्ट्रिय सम्मेलनले १३ वुदे पटिहानी चितवन घोषणा—पत्र २०७५ जारी गरेको छ ।
दुइदिनसम्म चलेको सम्मेलनले सरकारी संचार माध्यम, आयोग, समीति र सल्लाहकार, बोर्ड र कर्मचारी नियुक्तीमा राज्यले अंगिकार गरेको ३३ प्रतिशत महिला सहभागिताको तत्काल कार्यान्वयनका माग गरेको छ ।
त्यस्तै महिलाको क्षमता तथा दक्षता अभिबृद्धिको लागि आधारभूत र विषयगत तालिमको ब्यबस्था, पत्रकार महिलाको भौतिक र पेशागत सूरक्षाको सुनिश्चित, श्रम ऐनले ब्यवस्था गरेका सुविधाहरु उपलब्ध गराउन घोषण पत्रमा माग गरिएको छ ।
घोषण पत्रमा नेपाल पत्रकार महासंघको बिधानमा अध्यक्ष वा उपाध्यक्ष एक जना महिला हुनुपर्नै अनिवार्य ब्यवस्था गर्न, संचारमाध्यममा आन्तरिक लैंगिक नीति अनिवार्य रुपमा बनाई कार्यान्वयन गर्न, नीतिगत र नेतृत्व तहमा महिला सहभागिताको सुनिनिश्चित गर्न, .आमसंचार नीति र श्रमजिवी पत्रकार ऐन जस्ताको तस्तै कार्यान्वयन हुने बातावरण निर्माणका लागि नयाँ बन्ने संघ र प्रदेशका कानूनहरु बनाउन जोड गरेको छ ।
केन्द्र र मोफसलमा महिलाद्घारा संचालित छापा तथा विधुतीय संचार माध्यमलाई स्थायित्व र दिगो ब्यबस्थापन गर्नका लागि स्थानीय प्रदेश र संघिय सरकारले नीतिगत ब्यबस्था गर्नका लागि माग गरेको छ ।
नेपाल पत्रकार महासंघले घोषणा गरेको राष्ट्रिय स्तरको आम संचार प्रतिष्ठान चितवनमा निर्माण गर्नका लागि तुरुन्त पहल गर्न, पत्रकार महिलाका विशेष अबस्थालाई मध्यनजर गर्दै संचार माध्यममा शिशु स्याहार केन्द्रको अनिवार्य ब्यवस्था गर्न, सरकारले ब्यबस्था गरेको सुत्केरी बिदालाई प्रत्येक संचार माध्यमले कार्यान्वयन गर्नुपर्ने र आवश्यक परेको खण्डमा बेतलबी बिदालाई समेत सूविधाको रुपमा ब्यवस्था गरिनुपर्ने माग गरेको छ ।
नेपाल सरकारले पहिचान गरेको नयाँ पर्यटकिय गन्तब्यमा पश्चिम चितवनको पटिहानी समेत परेकोमा स्वागत गर्दै पटिहानीलगायत पश्चिम चितवनको पर्या पर्यटन विकासमा नेपाल सरकारले थप योजना ल्याउन यो भेलाले माग गरेको छ ।
घोषणा पत्र मस्यौदा समितिको नामावली
१ दुर्गा कार्की संयोजक
२ बिमला भण्डारी सदस्य
३. शान्ता अधिकारी
४ गंगा पौडेल बराल
५ कमला पन्थी
६ रिंकु मिश्र
७ संचिता घिमिरे
८.सूचित्रा श्रेष्ठ

ताजा अपडेट