चितवन समाचारडटकम
चितवन १८ माघ ।
भरतपुर अस्पतालको स्वास्थ्य सेवा सवै पुर्ववत अवस्थामा सञ्चालन भइराखेको छ ।
अनशनरत डा.गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघको आव्हनमा आज देशभरीका आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको थियो । आज विहान अस्पतालका चिकित्सकहरुले आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरी आन्दोलनमा उत्रेने प्रयास गरेका थिए । तर सफल हुन सकेन ।
भरतपुर अस्पतालको विकास समितिका अध्यक्ष खिमलाल भण्डारी सहितले गरेको छलफल पछि वन्द गर्न तयार भएका चिकित्सकहरु काम गर्न थालेका हुन् । केही समय बन्द गर्नको लागि तयार भएका थिए हामीले छलफल गरेर अस्पतालका सवै सेवा पूर्वत अवस्थामा सञ्चालनमा ल्याएका छौ अध्यक्ष भण्डारीले भन्नु भयो । अस्पतालमा आफ्नो ड्युटी भएका चिकित्सकहरु सबैलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न भनेका छौ उहाहरु आउदै हुनुहुन्छ भण्डारीले भन्नु भयो ।
आफ्ना कुराहरु अन्य माध्यमबाट राख्न सकिने भन्दै जनताको स्वास्थ्य सेवा विषयमा गम्भिर भएर लाग्न समेत अध्यक्ष भण्डारीले अनुरोध गर्नु भएको छ । अस्पतालमा अहिले सेवाग्राहीले पूर्ववत अवस्थामा सेवा लिइराखेको अस्पताल प्रशासनले जानकारी दिएको छ । भरतपुर अस्पताल यस क्षेत्रको सवै भन्दा धेरै विरामी आउने स्वास्थ्य सस्था हो ।
चिकित्सक संघले विज्ञप्तिमार्फत् सांकेतिक आन्दोलन स्वरूप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।