प्रचण्डको व्यस्तता चितवनदेखि स्याङजासम्म, एकैदिनमा सात वटा उद्घाटन तथा शिलान्यास

चितवन समाचारडटकम
चितवन १७ माघ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विहीबार कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ भयो ।
जिल्लाको पूर्व, पश्चिम र मध्य भागका कार्यक्रममा सहभागी भएर भाषण गर्दै आफ्ना कुरा राख्नको लागि पनि ज्यादै मुस्किल भयो । जिल्लाका सुरक्षा निकायलाई कार्यक्रम स्थलसम्म सुरक्षा प्रदान गर्नको लागि चुनौति थपियो । चितवनको कार्यक्रम सकेर स्याङजाको वालिङ महोत्सवको उद्घाटन गर्न समेत भ्याउनु भयो ।
बिहान चितवन आउनु भएका पार्टी अध्यक्ष प्रचण्डको कार्यक्रम यस्तो थियो ।
पत्रकारको कार्यक्रम  
पटिहानीमा पत्रकार महिलाको राष्ट्रिय सम्मेलनको फोटो खिचेर अध्यक्ष प्रचण्डले उद्घाटन गर्नु भयो । नेपाल पत्रकार महासंघ केन्द्रीय महिला समितिको आयोजनामा भएको राष्ट्रिय सम्मेलन  समारोहमा उहाले कार्यक्रम स्थलबाट देखिएको चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृष्य र स्टेज अगाडि सहभागीहरुको तस्वीर खिच्नु भयो ।
सरकारले तय गरेको एकसय पर्यटन गन्तव्य मध्ये एक रहेको पटिहानीको सौन्दर्य र पत्रकारिता पेशाप्रतिको सम्मानका रुपमा उहालाई फोटो खिच्न लगाइएको थियो । पूर्व प्रधानमन्त्री प्रचण्डले खिचेको उक्त तस्वीरलाई पटिहानीको पर्यटन प्रवद्र्धनमा प्रयोग गरिने स्थानीय भरतपुर महानगरपालिका वडा नम्वर २२ का वडा अध्यक्ष विष्णुराज महतोले बताउनुभयो ।
पटिहानीमा पत्रकार महिलाको राष्ट्रिय सम्मेलनको फोटो खिचेर अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै

 

कार्यक्रममा प्रचण्डले समृद्ध देश निर्माणका लागि राष्ट्रिय एकताको खाँचो रहेको बताउनु भयो । देशलाई समृद्ध बनाउने यो महत्वपूर्ण अवसर हो, विकास र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो छ , प्रचण्डले भन्नुभयो । देशमा विकासको प्रचुर संभावना रहेको र यसको थालनी भैसकेको उहाँले उल्लेख गर्नुभयो ।
महिला शसक्तीकरणले समृद्धिको अभियानमा टेवा पुग्ने बताउदै प्रचण्डले पत्रकार महिलाहरु शसक्तिकरणमा सरकारको ध्यान  गएको बताउनु भयो । उहाले  स्वयम् महिला पत्रकारहरु क्रियाशिलता जरुरी रहेको धारणा राख्नु भयो ।
नेपाल पत्रकार महासंघ महिला समितिकी संयोजक लक्ष्मी पुनको सभापतित्वमा भएको कार्यक्रममा महिला तथा बालबालिका मन्त्री थममाया थापामगर, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस युनीयनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
विद्यालयको स्वर्ण महोत्सव 
पूर्वी चितवनको खैरहनीमा कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भयो ।
कार्यक्रममा उहाले शिक्षा नै विकास र समृद्धिको आधार भएको भन्दै शिक्षामा सरकारले विशेष ध्यान दिएको बताउनु भयो । विश्वमा भएका ठुला विकासका योजनाहरु शिक्षाबाट नै सम्भव भएको भन्दै सवैलाई गुणस्तरीय शिक्षा दिनको लागि सरकार प्रतिवद्ध भएको बताउनु भयो ।
कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको  पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दै ।
जबसम्म शिक्षामा गुणात्मकरुपले प्रगति र सुधार हुदैन तबसम्म समृद्धिमा हामी पुग्दैनौ उहाले भन्नु भयो । उच्चस्तरीय शिक्षा आयोगको तर्फबाट भर्खरै एउटा प्रतिवेदन तयार पारेर सरकारलाई वुझाएको छ । तया पारेको विवरणलाई  विधेयकमा परिवर्तन गर्ने र संसदबाट त्यसलाई पारित गरेर शिक्षा क्षेत्रमा सुधारको प्रयासमा सरकार लागेको जानकारी दिनु भयो । सबै शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने लक्ष्य पूरा गर्ने दिशामा रहेको बताउनु भयो ।
सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने र निजी क्षेत्रलाई नियमन गर्दै लैजानेतर्फ पार्टीको ध्यान गएको बताउनु भयो ।
पाँचवटा कार्यक्रमको एकै ठाउबाट शिलान्यास 
छोटो समयको लागि चितवन आउनु भएका नेकपाका अध्यक्ष प्रचण्डले भरतपुरको केन्द्रीय वस टर्मिनलबाट पाँचवटा कार्यक्रमको एकै पटक सिलान्यास गर्नु भएको छ ।
शहरी विकास मन्त्रालयमार्फत भरतपुर महानगरपालिकामा संचालन हुन लागेको कार्यक्रमको प्रचण्ड र शहरी विकासमन्त्री महोमद इस्तियाक राईले संयुक्त रुपमा शिलान्यस गर्नुभएको हो ।
नेकपाका अध्यक्ष प्रचण्डले भरतपुरको केन्द्रीय वस टर्मिनलबाट पाँचवटा कार्यक्रमको एकै पटक सिलान्यास गर्नुहुदै ।

 

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकालाई नमूना महानगर बनाउन यी आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । देशकै उत्कृष्ट जिल्लाको रुपमा चितवनलाई लैजानको लागि आफ्नो तयारी रहेको जानकारी दिनु भयो । अवको पाँच वर्षमा हेर्न लायक जिल्ला बनाउने छौ यसको शुरुवात भइसकेको छ ।
यहाँका यी साना आयोजना भएपनि महानगरलाई सभ्य र सुसंस्कृति राख्नको लागि अर्थ भएका कार्यक्रम रहेको बताउनुभयो ।  समृद्धिमा लैजाने सुनौलो अवसर अहिलेको समय भएको भन्दै यसलाई सवैले सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमलाई शहरी विकासमन्त्री महोमद ईस्तियक राईले जिल्लाको तीन वटा स्थानीय तहलाई जोड्ने गरी एकीकृत विकासका योजना अगाडि बढाइएको बताउनु भयो । भरतपुर महानगर, माडी र  खैरहनी नगरपालिकालाई जोड्ने गरी विकास ल्याएको उहाँको भनाइ थियो ।
कार्यक्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एउटै सोच, एउटै संकल्पका साथ महानगरको विकासको लागि अघि बढेको बताउनुभयो । महानगरीय चक्रपथसहित ६ महिनाअघि शिलान्यस भएका १३ वटा ठूला आयोजनाहरुको काम भई ०७७ साल भित्र निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।
पाँचवटा आयोजनाहरु 
  •  भरतपुर–९ स्थित केन्द्रीय वसपार्कको निर्माण सुधार । यसको लागि रु १४ करोड २४ लाखको लागतमा रविना कन्स्ट्रक्सनलाई निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको ।
  •  भरतपुर अस्पतालमा बिरामी कुरुवा घर निर्माण । यसको लागि रु १० करोड ४८ लाख २६ हजार लागत । रविना र जोशीरफुलजोर जेभी बिजुलीबजार काठमाडौँसँग २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको ।
  •  भरतपुर–६ स्थित लक्ष्मीनारायण तथा ओमकारेश्वर मन्दिर तथा पार्क निर्माण गर्न रविना कन्स्ट्रक्सनसँग रु १६ करोड ९२ लाख ४३ हजार लागतमा ठेक्का सम्झौता भएको छ ।
  •  भरतपुर–१९ स्थित रानीपोखरीमा पार्क तथा पूर्वधार निर्माण गर्न रविना कन्स्ट्रक्सनले रु १४ करोड ६७ लाख ७६ हजार लागतमा ठेक्का पाएको छ । यसको समय अवधी दुइ वर्षको छ ।
  •  भरतपुर–१ स्थित देवघाटमा विद्युतीय शवदाह भवन निर्माण गर्न काठमाडौँ कोटेश्वरको मिलिनियमरसिद्धगढी जेभीले जिम्मा पाएको छ । यसको लागत रु १६ करोड ९५ लाख ६४ हजार रहेको छ । यो दुइ वर्षमा निर्माण सम्पन्न गर्नु पर्ने छ ।

शेयर गरौ

ताजा अपडेट