पत्रकार महिलाको राष्ट्रिय सम्मेलन प्रचण्डद्धारा फोटो खिचेर उद्घाटन, समृद्ध देश बनाउन राष्ट्रिय एकताको खाँचो ः प्रचण्ड

चितवन समाचारडटकम
पटिहानी , १७ माघ ।

 

(फोटो ः कोमलचन्द्र भगत )

 

चितवनको पटिहानीमा पत्रकार महिलाको राष्ट्रिय सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले फोटो खिचेर उद्घाटन गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय महिला समितिको आयोजनामा भएको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहका प्रमुख अतिथिका रुपमा पूर्वप्रधानमन्त्री प्रचण्डले फोटो खिचेर उद्घाटन गर्नुभएको हो । पूर्वप्रधानमन्त्री प्रचण्डले कार्यक्रम स्थलवाट देखिएको चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृष्य र स्टेज अगाडी सहभागीहरुको तस्वीर खिच्नुभएको हो ।
सरकारले तय गरेको एकसय पर्यटन गन्तव्य मध्ये एक रहेको पटिहानीको सौन्दर्य र पत्रकारिता पेशाप्रतिको सम्मानका रुपमा प्रमुख अतिथिलाई तस्वीर खिचेर कार्यक्रमको उद्घाटनको व्यवस्था मिलाइएको सम्मेलनको आतिथ्य प्रदान गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो ।
पूर्व प्रधानमन्त्री प्रचण्डले खिचेको उक्त तस्वीरलाई पटिहानीको पर्यटन प्रवद्र्धनमा प्रयोग गरिने स्थानीय भरतपुर महानगरपालिका वडा नम्वर २२ का वडाअध्यक्ष विष्णुराज महतोले बताउनुभयो ।
उद्घाटन समारोहलाई संवोधन गर्दै नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री प्रचण्डले समृद्ध देश निर्माणका लागी राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ ।
“देशलाई समृद्ध बनाउने यो महत्वपूर्ण अवसर हो, विकास र समृद्धिका लागी राष्ट्रिय एकताको खाँचो छ ”, प्रचण्डले भन्नुभयो । देशमा विकासको प्रचुर संभावना रहेको र यसको थालनी भैसकेको उहाँले उल्लेख गर्नुभयो । “भर्खरै मात्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिएको छ , राष्ट्रिय अन्तराष्ट्रिय महत्वका विकासका कार्यक्रम अघि बढाईदैछ, उहाँले भन्नुभयो , सबैको पहलमा यो राजीनितक परिवर्तन हासिल भएको छ, अवको एजेण्डा समृद्धि नै हो ।”
महिला शसक्तीकरणले समृद्धिको अभियानमा टेवा पुग्ने बताउदै प्रचण्डले पत्रकार महिलाहरु शसक्तीकरणमा सरकारको ध्यान र स्वयम् महिला पत्रकारहरु क्रियाशिलता जरुरी रहेको बताउनुभयो । अव तपाईहरु आरक्षणबाट मात्रै नेतृत्व लिने परिस्थितीमा मात्रै होईन, दक्षता र क्रियाशिलता बढाउनुहोस् , महिला पत्रकारहरुलाई लक्षित गर्दै प्रचण्डले भन्नुभयो ।
नेपाल पत्रकार महासंघ महिला समितिकी संयोजक लक्ष्मी पुुनको सभापतित्वमा भएको कार्यक्रममा महिला तथा वालवालिका मन्त्री थममाया थापामगर, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस युनीयनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य , महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नुभयो
उद्घाटन पछि सम्मेलनमा अहिले वन्द शत्र शुरु भएको छ । सम्मेलनमा देशभरवाट दुईसय जना महिला पत्रकार सहभागी छन् ।

ताजा अपडेट