हाकिम चोकमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

चितवन,१७ माघ :

भरतपुरको हाकिम चोकबाट कडेल चोक जाँदै गरेको मोटरसाइकल बुधवार राती १०:३० बजे दुर्घटना हुदा एक युबकको मृत्यु भएको छ ।

हाकिम चोकबाट कडेलचोक तर्फ जाँदै गरेको ना ५३ प ९७५२ नम्बर को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भयको चितवन प्रहरिले जानकारी दिएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा भरतपुर महनगरपालिक वड न ४ घर भयका २८ वर्षिय मनोज काफ्ले भयको प्रहरीले जनाएको छ । उहाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शेयर गरौ

ताजा अपडेट