गर्मीका कारण भरतपुर महानगरका बिद्यालय ३ दिनका लागी बन्द

चितवन समाचार डटकम, १ असार ।
भरतपुुर महानगर पालिका भित्रका बिद्यालय गर्मीका कारण ३ दिनका लागी बन्द हुने भएका छन् ।
गर्मी बढेकाले असार २ गते देखी ४ गते सम्म महानगरपालिकाका नीजि तथा सामुदायिक सबै बिद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकिय नेत्रप्रसाद सुवेदीले चितवन समाचार डटकमलाई जानकारी दिनुभयो ।
महानगर प्रमुख रेनु दाहलले यो बिदा पछि वर्षे विदावाट मिलान हुने बताउनुभयो । सरोकारवालाको सुझाव र बिद्यालयको बस्तुगत अवस्थाको मुल्याँकन गरी विदाको निर्णय लिइएको दाहालले बताउनुभयो ।
चितवनमा ३८ डिग्री भन्दा माथी तापक्रम पुगेको छ ।

शेयर गरौ

ताजा अपडेट