नेता पौडेलको निधनले नेकपा चितवन मर्माहत, कार्यालयमा पार्टीको झण्डा झुकाईयो

चितवन समाचारडटकम, ३१ जेठ ।
नेकपा चितवनले  पार्टीका केन्द्रीय सदस्य, संविधानसभाका माननीय सभासद्, नेपाल सरकारका पूर्वशिक्षामन्त्री शालीन व्यक्तित्व डीआर (धनीराम) पौडेलको निधन प्रति  दुख ब्यक्त गरेको छ ।
पार्टी जिल्ला अध्यक्ष यमवहादुर परियार ईन्द्रजीत र सचिव कृष्णभक्त पोखरेलद्धारा जारी शोक बक्तव्यमा नेता पौडेलको निधनले पार्टीले ठूलो क्षति बेहोरेको उल्लेख गरिएको छ ।
शोकको यस घडीमा नेकपाका सम्पूर्ण सदस्य, जनवर्गीय संगठनहरु, शुभचिन्तक तथा शुभेच्छुकहरुमा धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न आग्रह गरिएको छ ।
शोकको यस घडीमा चितवन जिल्लामा आज शुक्रबार आयोजना गरिएका सबै कार्यक्रमहरु स्थगित गरी पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको छ । साथैे अन्तिम श्रद्धाञ्जलीको लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी सचिवालय सदस्य नेता बामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा बादल आउनुहुने नेकपा चितवनले जनाएको छ ।
उहाँको आज दिउँसो २ बजे माडीको बसन्तपुरबाट शवयात्रा हुने भएको सो शवयात्रामा सहभागी हुन सम्पूर्णमा अनुरोध समेत गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट