जागरण अभियानले काँग्रेस बलियो र एकतावद्ध : महामन्त्री खड्का   

चितवन समाचारडटकम, जेठ २५ ।
नेपाली काँग्रेसका महामन्त्री पूर्णवहादुर खड्काले जागरण अभियानले पार्टीलाई एकताबद्ध र बलियो बनाएको बताउनुभएको छ ।
नेपाली काँग्रेस चितवनको आयोजनामा आज भरतपुरमा भएको जागरण अभियान समापन समारोहमा प्रमुख अतिथीका रुपमा संबोधन गर्दै महामन्त्री खड्काले पार्टीका काम कारवाही र सरकारको गलत कामका बिषयमा आम कार्यकर्ता र जनतामा अभियानले प्रष्ट पारेको उल्लेख गर्नुभयो ।
नेता कार्यकर्ता एकतावद्ध भएर अभियान सफल बनाउन लागेको बताउदैं महामन्त्री खड्काले पार्टी एकतावद्ध र बलियो बनेको जिकीर गर्नुभयो ।
पार्टी संस्थागत ढंगले बिधि र पद्धतीका आधारमा चल्नुपर्ने उहाँले बताउनुभयो ।
बर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री खड्काले जागरण अभियान मार्फत सरकारको गलत कामको भण्डाफोर गरिएको बताउनुभयो ।
चितवनमा भएको समापन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सुरेन्द्रप्रसाद चौधरीले सरकारको काम कारवाही अलोकतान्त्रिक रहेको जिकीर गर्नुभयो । नेपाली कांग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठको सभापतित्वमा भएको समापन कार्यक्रममा नेपाल महिला संघका सभापती उमा रेग्मी, कांग्रेस चितवनका पूर्वसभापतिहरु टेकप्रसाद गुरुङ,शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, पृथ्वीमान गुरुङ लगायत पार्टीका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी गरेको पहिलो चरणको जागरण अभियानअन्तर्गत शनिबार चितवनको अभियान समापन गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट