चितवनका महेश दाहाल अष्ट्रेलियाको राजदुतमा सिफारिस, कांग्रेस छाडेर नेकपा प्रवेश पछि दाहालको छलाङ

 

चितवन समाचार डटकम, २५ जेठ ।

चितवन भरतपुर महानगरपालिका पार्वतीपुरका महेश दाहाललाई सरकारले अष्ट्रेलियाको राजदुतको लागी नाम सिफारिस गरेको छ । उनी सहित सरकारले चार मित्रराष्ट्रका लागि कूटनीतिक अनुभव नभएका चार जनालाई राजदूत सिफारिस गरेको हो ।
अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रलाई सरकारले राजदूतमा सिफारिस गरेको हो ।


अष्ट्रेलियाका लागि राजुतमा सिफरिस भएका दाहाल चितवन निवासी हुन् । तरुण दलको केन्द्रिय सदस्य समेतको जिम्वेवारी पुरा गरेका उनले गत अशोजमा नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेका थिए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले उनलाई गत अशोज ९ मा पार्टी प्रवेश गराएका थिए ।


नेपाल टेलिभिजनको अध्यक्ष, नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष , बिभिन्न गैरसरकारी संस्थामा राष्ट्रिय अन्तराष्ट्रिय प्रशिक्षकका रुपमा उनले अनुभव संगालेका छन् । दाहाल प्रखर वक्ताका रुपमा समेत चिनिन्छन् ।

शेयर गरौ

ताजा अपडेट