भुकम्पको भविश्यवाणी गर्ने ज्योतिषी पक्राउ

काठमाण्डौं २१ जेठ । नेपालमा ठूलो भूकम्प आउँदैछ भन्ने ज्योतिषी अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई युवा ज्योतिषी दाबी गर्दै आएका क्षेत्रीले भूकम्प आएर नेपाल ध्वस्त हुन्छ भन्दै अन्तर्वार्ता दिनु भएको थियो । जनतामा अफवा फैलाउने कार्य गरेको भन्दै उहालाई काठमाडौं प्रहरी परिसरले काठमाडौंको गौशालाबाट आज पक्राउ गरेको हो ।
उहामाथि कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनु भयो । आफूले गरेको सबै भविष्यवाणी मिल्नै दावी गरेका क्षेत्रीले जेठ २७ गते नेपालमा भूकम्प आएर सबै ध्वस्त हुने भनेर उहाले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट