धुर्मुसले बरु झुण्डिएर मरिदिन्छु भनेपछि ………………………

चितवन समाचार डट कम, १८ जेठ ।
निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला स्थानीय केही ब्यक्तिहरुले डोजर लगाएर बार भत्काएपछि निर्माण कार्य केहीदिन अवरुद्ध भयो । जिल्लाका अगुवा र आमजनताको साथपछि रोकिएको निर्माणकार्य सुचारु गर्न धुर्मस सुन्तली फाउण्डेशन तयार भयो । सोही अनुसार क्रिकेट रंगशाला निर्माण कार्य सुचारु गर्न जिल्लाका अगुवा सहित स्थानीय जनताको उपस्थितीमा आज बिहान रंगशाला निर्माणस्थलमा कार्यक्रम भयो । राजनीतिक दलका नेता, साँसद र मेयरले बोलिसकेपछि पालो आयो सिताराम कट्टेल धुर्मुसको ।
जव धुर्मुसले माईक समातेर बोल्न शुरु गरे, उपस्थित स्तव्ध भए । भावविव्हल हुदै उनले आफुले हिम्मत नहारेको बताए । “म यहाँ केही लिन आएको हैन, जनताको सेवा गर्न आएको हो, देशको सेवा गर्न आएको हो । म हत्तपति रुने मान्छे होईन डोजर चलेको दिन धुरुधुरु रोएँ । ” उनले भने, मेरो शरिर दुई चिरा पारेर हेर्नुहोस् ईमान्दारीता बाहेक अरु केही भेटाउनुहुनेछैन ।
डोजर चलेको घटना पछि सामाजिक सञ्जालमा आएका केही आलोचनाहरुले आफुलाई अत्यन्त मर्माहत बनाएको उनले बताए ।
“म कुनै ब्यक्तीगत स्वार्थमा लागेर ईमान्दारीता गुमाए भने यही नजिकैको रुखमा बरु झुण्डिएर मरिदिन्छु ।”
भावविव्हल हुदै धुर्मुुसले भने, मेरो छोरी बिरामी भएर अस्पतालमा थिईन् म यहाँ भत्काएको हेरेर रोएर बसीरहेको थिए । यो खाडीको तातोघाममा रगत र पसिना बेचेर नेपालीले कमाएर चन्दा दिएको रकमले बनाएको बार थियो , आँखा अगाडी डोजर लगाए । यो कुनै बाटोको बिबाद होईन कमिसन र स्वार्थको पछि दौडिएका केही ब्यक्तिले बार भत्काएका हुन् । उनले भने , मलाई पटक पटक कमिसनका लागि धम्कि समेत आए ।
आफु ईमान्दारीताबाट कहिल्यै च्युत नहुने धुर्मसको भनाई थियो । कार्यक्रममा साँसद कृष्णभक्त पोखरेल, मेयर रेनु दाहाल, नेकपा चितवनका अध्यक्ष यमवहादुर परियार, नेपाली काँग्रेस चितवनका सचिव राजीव न्यौपाने लगायतले रंगशाला निर्माणमा चितवनबासीको पूर्ण साथ र सहयोग रहिरहने प्रतिवद्धता व्यक्त गरे ।

शेयर गरौ

ताजा अपडेट