मेलम्ची खानेपानीका लागि ७ अर्ब

काठमाण्डौ, १५ जेठ : 

सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब बजेट छुट्याएको छ ।

बुधबार संघीय संसद्मा २०७६/०७७ को बजेट पेस गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले तराई मधेस खानेपानी र सुख्खाग्रस्त क्षेत्रमा खानेपानी आयोजनाका लागि पनि बजेट छुट्याइएको बताए ।

सरकारले खानेपानीलाई व्यवस्थित बनाउन तथा नेपाललाई खुला दिसामुक्त बनाउन र पूर्णसरसफाइ कार्यक्रमका लागि ४३ अर्ब ४६ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताए ।

शेयर गरौ

ताजा अपडेट