काठमाण्डौ, १५ जेठ :
सरकारले सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ ।
यसअघि ७० नाघेकोलाई दुई हजार रुपैयाँ दिने गरिएकोमा एक हजार बढाएर तीन हजार पुर्याइएको हो । भत्ता दुई किसिमबाट दिइन्छ। दलित र कर्णालीको हकम ६० वर्षमाथिको जनसंख्यलाई वृद्ध-वृद्धाको रुपमा परिभाषित गरिएको छ । अन्य क्षेत्रको हकमा ७० वर्ष माथिकालाई आधार मानिएको छ ।
कर्णालीको ६० वर्षमाथि र अन्यको ७० वर्षमाथिलाई आधार मान्दा १२ लाख ७८ हजारजनाले यो सुविधा पाउँछन् ।
यी १२ लाख ७८ हजारलाई हजारका दरले रकम बढाइएको छ। त्यस्तै देशभरका ७० वर्ष माथिका लागि उपचार खर्चसहित दुई-दुई हजार भत्ता तोकिएको छ ।
७० वर्ष नाघेकाको संख्या ११ लाख छ । स्रोत सुनिश्चितातका कारण ७० वर्ष नाघेकालाई मात्रै ५०० बढाउने तयारीमा अर्थले गरेको छ। यसो भएमा ५५ करोड रुपैयाँको दायित्व राज्यलाई थपिनेछ ।


