चितवन १३ जेठ । प्रतिवन्धित बिप्लव समुहको नेपाल बन्दको कारण आज चितवनको जनजीवन प्रभावित भएको छ ।
आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित समूहले आज बन्दको आव्हान गरेको थियो । बन्दको अघिल्लो दिन हिजो उनीहरुका कार्यकर्ताले राजधानीलाई आतंकित बनाएको थियो ।
भरतपुर, नारायणगढलागयत जिल्लाका बजारहरु बन्द भएका छन् भने सार्वजनिक सवारीसाधन समेत प्रभावित भएको छ । शिक्षण सस्था सबै बन्द रहेका छन् । चोक बजारमा प्रहरी परिचालन गरिएको छ । जिल्लामा अहिलेसम्म कुनै आपराधिक गतिविधि नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विप्लब समुहले आइतबार राजिधानीका बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउं ठाउँमा बम समेत राखे ।
प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ ।
राजधानीका दर्जनभन्दा बढी ठाउंमा बम राख्नुका साथै जनजीवन आतंकित बनाएपछि सुरक्षा निकायले राजधानीको सुरक्षा ब्यवस्था कडा बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनु भयो ।
उनीहरु बिरुद्धको कार्वाहीलाई तीव्रता दिने क्रममा एक दर्जन भन्दा बढी बिप्लव समूहका कार्यकर्ता पक्राउ परेको छ ।


