राष्ट्रिय जनता पार्टी राजपाद्वारा साना दलसंगको छलफल तीब्र

काठमाडौं, १२ जेठ :

राष्ट्रिय जनता पार्टी राजपाले साना दलसंगको छलफल तीब्र बनाएको छ ।

आफ्नो मागप्रति सरकारले बेवास्ता गरेको भन्दै समर्थन फिर्ता लिएको राजपाले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि भन्दै संघीय लिम्बुवान पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, आदिवासी जनजाति पार्टी लगायतसंग छलफल थालेको हो । राजपाका नेता केशव झाले सरकार विरुद्ध अब सडक आन्दोलनको विकल्प नरहेको भन्दै विचार मिल्ने दलसंग मोर्चाबन्दीको प्रयास जारी रहेको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्दै आएको छ ।

संघीय संसदमा उसले प्रतिवेदन सार्वजनिक गर्न बारम्बार सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएपनि कार्यान्वयन भएको छैन । संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउन पनि उसले सरकारलाई दबाब दिदैं आएको छ । यसैबीच, नवगठित समाजवादी पार्टी नेपालले आज जनकपुरमा सभा गर्दैछ ।

संघीय समाजवादी फोरम र नया“शक्तिबीचको एकतापछि बनेको समाजवादी पार्टीले एकताको संदेश दिन हिजोबाट सभा गर्न थालेको हो । विराटनगरबाट सुरु भएको सभा २५ गते सकिनेछ ।

शेयर गरौ

ताजा अपडेट