भारतमा भाजपाको ऐतिहासिक जीत, फेरि मोदी ५ वर्षका लागि प्रधानमन्त्री बन्दै

काठमाडौं ९ जेठ । लोकसभा चुनावमा नरेन्द्र मोदीको गठबन्धन पार्टीले ऐतिहासिक सफलता पाएको छ । यो सफलतापछि फेरि भारतमा ५ वर्षका लागि मोदी प्रधानमन्त्री पक्का भएको छ ।
मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३४८ सिटमा जित देखाएको छ । चुनावमा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक सफलता पाएको छ भने उत्तर प्रदेशमा महागबन्धनले धेरै क्षति पु¥याउन सकेन ।
नितिशकुमारको साथ पाएपछि भाजपाले विहारमा पनि आफ्नो बलियो उपस्थिति राखेको छ । मोदीको गृह प्रदेश गुजरातमा भाजपाले क्लिन स्वीप ग¥यो । भाजपाले मध्य प्रदेशमा २९ मध्ये २८ र राजस्थानमा २५ मध्ये २४ सिटमा जितेको छ ।
तमिलनाडूमा भने यो पटक मोदीको राजनीति सफल हुन सकेन । त्यस क्षेत्रमा एक सिट पनि हासिल गर्न सकेन । केरालामा पनि भाजपा निरास बनेको छ । लोकसभा चुनावमा पाएको ऐतिहासिक सफलतासँगै भाजपा कार्यकर्ताले भारतमा खुसी मनाएका छन् ।
दिल्लीस्थित मुख्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहले सम्बोधन गर्नु भएको थियो । मोदीले यो आफ्नो नभई लोकतन्त्रको जित भएको बताउनु भयो । साथै दोस्रो पटक जितेपछि अम्रता नगुमाउने बताउनु भयो ।

राहुलले हार स्वीकारे

सन् २०१४ मा भएको निर्वाचन भन्दा अहिले कांग्रेसले केही सिट बढी जितेको छ । तर, मोदीको विजय रथ रोक्न अध्यक्ष राहुल गान्धी पूर्ण रुपमा असफल हनु भयो । । उहाले हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनु भएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै राहुलले चुनावी हारको जिम्मेवारी आफूले लिने बताउनु भयो । तर, विचारधाराको लडाई जारी रहेको भन्दै विचलित नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गर्नु भयो ।
राहुल आफैं अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग पराजित हुनु भएको थियो । कांग्रेस ५१ सिटमा जित उन्मुख छ । २०१४ को चुनावमा उसले ४ सिट जितेको थियो । यो पटक साना ठूला गरी १७ राज्यमा कांग्रेस शुन्य भयो ।

शेयर गरौ

ताजा अपडेट