मोरङ ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको मिडिया काउन्सीलसम्बन्धी विधेयक सदनबाट पास गर्न नदिने बताउनु भयको छ ।
नेपालको संविधानले नै दियको अधिकार सरकारले रोक्न खोजे त्यसको बिरोधमा काङ्ग्रेस कडारुपमा प्रस्तुत हुने बताउनु भयो ।
शनिवार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले ‘प्रेस स्वतन्त्रतामा जे पनि त लेख्न पाइन्छ नी, पहिला पनि त लेख्ने क्रम थियो, पत्रकार नै जे पाए त्यही त लेख्न आफैं पनि चाहँदैनन् नी ।’
सभापति देउवाले पत्रकारले जे पाए त्यही लेख्दा समाजले त्यस्ता पत्रकारलाई नपत्याउने र आफैं सकिने बताउनु भयो ।
अर्को एक प्रसंगमा देउवाले केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुलुक र जनताको लागि केही काम नगरेको बताउनु भयो ।
सरकार मुलुक र जनताको पक्षमा परिवर्तन देखिने गरी काम गर्ने पक्षमा देखिँदैन ।’


