काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टको यो सरकार पूरा आयु नटिक्ने दा’वी गरेका छन् ।
नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले सरकारकै उच्श्रृङ्खल गतिविधिका कारण वर्तमान सरकार पाँच वर्ष नटिक्ने दाबी गरे ।
सरकाबाट जनता निराश भएको भन्दै उनले वर्तमान सरकारबाट मुलुकको विकास सम्भव नहुने बताए ।
जागरण अभियानपछि नेपाली कांग्रेसको विचार जनता माझ पुगेको र कांग्रेसको बिचारबाट जनता प्रभावित भएको पनि उनले दावी गरेका छन् । यसैगरी काठमाडौंमै भएको अर्को एक कार्यक्रममा कांग्रेसका नेता बालकृष्ण खाँणले जनताले सरकार भएको अनुभूति गर्न नपाएको बताएका छन् ।
उनले बलात्कार, हत्या, अपहरण, हिंसा र भ्रष्टाचार बढेको भन्दै जनता सरकारको रवैयाबाट आजित भएको बताए । कम्युनिष्ट सरकारले जनताको बोल्ने अधिकार कुण्ठित गरेको, मानवअधिकारको अपहरण गरेको र अधिनायकवादको बाटोमा सरकार अगाडि बढेको उनको आरोप समेत लगाएका छन् ।


