प्रधानमन्त्री ओली आकस्मिक चितवन आउनुको रहस्य यस्तो छ

चितवन ३ जेठ । शनिबार लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्ती सम्बन्धी कार्यक्रमका लागि जान लाग्नु भएका प्रधानमन्त्री ओली शुक्रबारनै हिड्नु भयो । तर उहाँलाई सोचे जस्तो समयमा पुग्न सक्नु भएन । काठमाण्डौबाट हेलिकप्टरमा हिडेपछि लुम्बिनी तर्फ अकस्मात मौसम खराब भयो ।
उहाँको चढेको हेलिकप्टर भरतपुरको आर्मी व्यारेकमा अवतरण गरियो । खराब मौसम सामान्य भएपछि त्यस तर्फ लाग्नको लागि चितवन आउनु भएको हो । प्रधानमन्त्रीसँग उहाँकी धर्मपत्नी राधिका शाक्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल संगै हुनुहुन्थियो । प्रधानमन्त्री ओली आधा घण्टा चितवनमा रही चिया पिउनुका साथै समसामायीक विषयमा छलफल गर्नुभएको थियो ।
मौसम सामान्य भएपछि पुन हेलिकप्टर मार्फत प्रधानमन्त्री सहितको टोली लुम्बिनी जानु भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले जानकारी दिनु भयो । आकस्मिक चितवन आउनु भएका प्रधानमन्त्रीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वागत गर्नु भएको थियो । भेटघाटमा प्रधानमन्त्री ओलीले चितवनको विकास निर्माण र यहाँको प्रगतीको विषयमा जानकारी लिनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट