काठमाडौं, २६ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु र उच्च कर्मचारीले बिदाइ गरेका छन् । भ्रमण टोलीमा प्रधानमन्त्रीसहित ४२ जना रहेका छन् ।


