देउवाको आक्रोश : विधा महारानी, ओली तानाशाह , महरा डरपोक

काठमाडौं, २५ वैशाख : प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार निकै आक्रमक रुपमा प्रस्तुत भएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि आक्रोशित बनेका देउवा बुधबार निकै उत्तेजित रुपमा प्रस्तुत भए ।

कांग्रेसको राष्ट्रिय जागरण अभियानको बुधबार राजधानीमा शुभारम्भ गर्दै सभापति देउवाले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराप्रति तिव्र आक्रोश पोखे ।

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको पुरक प्रश्नलाई प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेपछि कांग्रेसले आपत्ति जनाउँदै सभामुख महरालाई सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो । तर, सभामुख महराले नहटाएपछि कांग्रेस आक्रोशित बनेको छ ।

‘तानाशाहा ओली’

सभापति देउवाले ओलीलाई तानाशाहाको सज्ञा दिए । देउवाले ओलीलाई तानाशाह भन्दै अब अब कुनै पनि बहानाको तनाशाह आफ्नो पार्टी र नेपाली जनतालाई सह्य नहुने बताए । प्रधानमन्त्री ओलीले अरुले गरेको कामलाई समेत आफूले गरेको भन्दै आलोचना गरे । भने, ‘अर्काले गरेको काम मैले गरेको हुँ भन्न लाज लाग्नुपर्ने होइन ?’

देउवाले ओली नेतृत्वको सरकारलाई सडकबाटै हटाउने चेतावनी दिएका छन् । नेपाली कांग्रेसले राणा, पन्चायत, राजा ज्ञानेन्द्रलाई हटाएको दाबी गर्दै उनले प्रधानमन्त्री ओलीको यही शैली रहे सडकबाटै हटाउने चेतावनी दिएका हुन् । भने, ‘राणा, पन्चायत, राजा ज्ञानेन्द्र हटायौं । अहिलेको सरकारको शैली रहे हामी सडकबाटै यिनीहरुलाइ हटाउँछौँ ।’

‘सभामुख इतिहासकै डरपोक र काँतर’
सभापति देउवाले सभामुख कृष्णबहादुर महरा इतिहासमै कमजोर, डरपोक र काँतर सभामुख भएको आरोप लगाए । प्रधानमन्त्री ओलीले जे भन्यो सभामुखले त्यही मान्ने गरेको उनको भनाई छ ।

देउवाले भने, ‘प्रधानमन्त्रीले मंगलबार संसदमा गैरसंसदीय भाषा प्रयोग गरे । हामीले विरोध र्गयौं । सभामुखलाइ डिलिट गर्न भन्यौं, सकेनन् । मैले नेपालको संसदीय इतिहासमा यति कमजोर, डरपोक, काँतर सभामुख देखेकै छैन । अब ओलीजी जे पायो त्यो बोल्ने भै सके ।’

‘ हर मेजेस्टिज विद्या भण्डारी गभर्मेन्ट भन्ने ?’
सभापति देउवाले गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको पनि अहिले तोडिएकोमा आपत्ति जनाए । उनले भने, ‘राष्ट्रपतिले मेरो सरकार भनिन् । यो भन्दा अगाडि अघिल्लो वर्ष मेरो सरकार भनेकी थिइनन् । रामवरण यादवले पनि मेरो सरकार भनेका थिए । अहिले यिनलाई बेलायती महारानी जस्तो किन हुनु परेको ?’

सभापति देउवाले मेजेस्टिज विद्या भण्डारी गभर्मेन्ट भन्ने भन्दै प्रश्न समेत गरे । भने, ‘हर मेजेस्टी भन्ने ? हर मेजेस्टिज विद्या भण्डारी गभर्मेन्ट भन्ने ?’

शेयर गरौ

ताजा अपडेट