नयाँ दलमा डाक्टर भट्टराई संघीय परिषदको अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्नुहुनेछ । ३ सय सदस्यीय केन्द्रीय समिति बनाउने र समितिमा २ सय जना फोरमका र ९९ जना नयाँ शक्तिका केन्द्रीय सदस्य रहने सहमति दुवै दलले गरेका छन् ।

सरकारबाट तत्काल नहट्ने तर यसअघि संघीय समाजवादी फोरमले संविधान संशोधनका लागि केही दिनको समय दिने र माग पूरा नभए सरकारबाट अलग हुने सहमति दुवै दलले गरेका छन् ।

संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् । यी २ दलबीच यसअघि पनि पार्टी एकता गर्ने सहमति भए पनि अन्तिम समयमा भाँडिएको थियो ।