काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत भएको बताउनु भयको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केही सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको दावी गर्नु भयको छ । राष्ट्रपतिले मेरो सरकार भन्नु राजर्षी ठाँट नभई अन्तर्राष्ट्रिय अभ्यास भएको भएको बताउनु भयो । नबुझेकाहरुले वा बुझिबुझी विरोध गर्नेहरुले यसलाई मुद्दा बनाएको भन्दै रक्षात्मक हुनु नपर्ने बताउनु भयो ।
राष्ट्रपतिका लागि सरकार जसको बने पनि मेरो सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘हाम्रो मा त २१ पटक भन्नु भएछ । भारतमा वर्तमान राष्ट्रपति रामनाथ कोविन्दले त कम्तिमा ६३ पटक मेरो सरकार (माई गभमेन्ट) भन्नु भएको छ ।’
भारतमा कांग्रेसको पालामा राष्ट्रपति प्रणव मुखर्जीले भाजपा सरकारको पालामा समेत मेरो सरकार भनेको उहाले सुनाउनु भयो। त्यो सम्बोधन यूट्युबमा पाइने भन्दै उहाले सांसदहरुलाई भने, लाइभ सुनाई दिऊँ ?’ सांसदहरुले गलल हाँसेपछि ओलीले इच्छा हुनेहरुलाई आफैं सुन्न आग्रह गर्नु भएको छ ।
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक–पटक ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग गरेकी थिइन् । त्यसलाई लिएर विभिन्न टिप्पणीहरु भएपछि प्रधानमन्त्री ओलीले स्पष्टोक्ति दिएका हुन् ।
बौद्धिक वर्गले समेत राष्ट्रपतिको भनाइप्रति टिप्पणी गर्दा आफूलाई आश्चर्य लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्रतिप्रश्न
प्रधानमन्त्री ओलीले विश्वको कुरा थाहा नपाए पनि ‘छिमेकी मुलुक भारतको कुरा बौद्धिक वर्गले थाहा नपाउनु दुःखद्’ भएको बताएका छन् ।
मेरो सरकार भन्ने अन्तर्राष्ट्रिय प्रचलन भएकाले यसलाई उचाल्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ थियो । प्रधानमन्त्रीले भर्खरै राजतन्त्र गएकाले कसै–कसैलाई झ–झल्को लाग्नु स्वाभाविक भएको भन्दै ‘मेरो सरकार’ नभनेर राष्ट्रपतिले ‘कसको सरकार भन्ने ?’ भनी प्रतिप्रश्न गरे ।
‘सचिवालयको दुरुपयोग’
प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास खर्च योजना आफूले नमागेको प्रष्टीकरण दिए । ‘जिल्लाका केही साथीले आफ्नो सचिवालयको दुरुपयोग गरेको’ प्रति उनले दुःख व्यक्त गरेका छन् ।
आफूले गल्ती भएको भन्दा समेत केही सञ्चारमाध्यम पछि लागेको भन्दै उनले राजनीति गर्ने अरु विषय पनि भएको भन्दै टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिने र गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी समेत दिए ।


