नयाँ शक्ति नेपाल र सङ्घीय समाजवादी फोरमबिच पार्टी एकता गर्ने सहमति, वैशाख २३ गते प्रज्ञा प्रतिस्ठानमा औपचारिक रूपमा पार्टी एकता गर्ने

काठमाडौं, २१ वैशाख :

नयाँ शक्ति नेपाल र सङ्घीय समाजवादी फोरमबिच पार्टी एकता गर्ने सहमति भएको छ ।

समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबिच वैशाख २३ गते प्रज्ञा प्रतिस्ठानमा औपचारिक रूपमा पार्टी एकता गर्ने हस्ताक्षर भएको छ ।

शनिवार नयाँ शक्तिको कार्यालय बबरमहलमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । दुई पार्टीबिच लामो समयदेखि पार्टी एकताको गर्ने भने पनि एकता हुन सकेको थिएन । पार्टी कसको नेतृत्वमा एकता गर्ने कसलाई कुन जिम्मेवार दिने जस्ता विषयमा एकता हुन नसकेको पार्टी दुई जना अध्यक्ष रहने सहमति भएपछि एकताको गाँठो फुकेको हो ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।

नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, शोषणको अन्त्य गर्न पार्टीले भूमिका खेल्न सहमतिमा उल्लेख छ ।

शेयर गरौ

ताजा अपडेट