आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी, आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा

काठमाडौं, २१ वैशाख :

आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी ।

वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ ।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनकारुपमा लिइन्छ । आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवंगत आमा र उनले गरेका महान् एवं कस्टकर काम सम्झने गर्दछन् ।

यसदिन दिवंगत आमाको सम्झनामा काठमाडौंको थानकोट, मातातीर्थमा मेला लाग्ने गर्दछ । शनिबार बिहानैदेखि मातातीर्थमा पुगेर स्नान गरी हरिहरको दर्शन र पूजा गर्नेहरुको घुइँचो छ । आमा नहुनेहरुले मातातीर्थमा श्राद्ध गर्ने गर्दछन् ।

शेयर गरौ

ताजा अपडेट