सांसद पोखरेलको पहलमा आयो थप चारकरोड, बजेट सडक निर्माणमा

 
चितवन समाचार डटकम,
२० बैशाख । चितवनको निर्वाचन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलको पहलमा जिल्लाको पहाडी क्षेत्रमा सडक निर्माणका लागि थप चारकरोड रकम निकासा भएको छ ।
अर्थ मन्त्रालयले भोर्ले दाहाखानी लोथर हुदै मकवानपुरसम्म जाने सडक र कालिका नगरपालिका वडा नं. ८को गैरीवारी चोक हुदै वङखोला उपरदाङगढी जाने सडकको लागि रकमान्तर गरी निकासा गरेको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको सो निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयलको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गरेको छ ।
कालिका नगरपालिकाको गैरीवारी वुङखोला हुँदै उपरदाङगढीसम्म जाने बाटोका लागि २ करोड र भरतपुर महानगर २९ नम्बर वडाको भोर्ले दाहाखानी सडकका लागि २ करोड रकम रकमान्तर भएको हो । यी दुई सडक आवश्यकताको हिसावले निकै महत्वपूर्ण रहेकाले थप बजेट पारिएको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनु भयो । चितवनको पुरानो सदरमुकाम र पहाडी क्षेत्रको लागि निकै महत्वपूर्ण भएकाले रकम पार्न विशेष पहल गरेको उहाले बताउनु भयो ।
यस अघि उनकै पहलमा गैरीवारी उपरदाङगढी सडकका लागि १ करोड वजेट परी हाल धमाधम काम भइरहेको कालिका नपाका प्रमुख खुमनारायण श्रेष्ठले बताउनु भयो । । जिल्लाकै चर्चित पर्यटकीय गन्तव्य रहेको उपरदाङगढीसम्मको बाटो विकासका लागि सांसदबाट भएको पहल निकै प्रशसनीय रहेको भन्दै यस क्षेत्रका जनताले सडक निर्माण पछि प्रशस्त लाभ लिन सक्ने प्रमुख श्रेष्ठले बताउनु भयो । कालिका नगरपालिकाको वडा नं. ८,९,१० का स्थानीय प्रतक्ष लाभान्भित भएपनि यसको उपयोग सबैले गर्ने उहाले बताउनु भयो ।
चितवनको पहाडी क्षेत्र पर्यटकीय हिसाबले धेरै महत्वपूर्ण भएकाले यो सडक बनेपनि आन्तरिक तथा वाह्य पर्यटकको आगमन धेरै हुनेमा विश्वास लागेको कालिका नगरपालिकाका प्रमुख श्रेष्ठले बताउनु भयो । भरतपुर महानगर २९ का वडा अध्यक्ष मानबहादुर मगरले यस अघि साँसदबाटै १ करोड प्राप्त भएकोमा थप यसपटक २ करोड विनियोजन भएको बताउनु भयो । यस सडकमा प्रदेश सरकारले समेत ५० लाख लगानी गरेको छ ।
अर्थमन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीले भौतिक योजना तथा यातायात मन्त्रालयको निर्णय अनुसार वजेट विनियोजन गरि कार्यान्वयनका लागि पठाइएको बताउनु भयो । चितवनको पहाडी क्षेत्रमा सडक सञ्जाल जोड्नको लागि धमाधम काम भइराखेको छ । यस अघि शक्तिखोर फिसलिङ सडकको निर्माणको लागि सिलान्यासन भइसकेको छ ।

शेयर गरौ

ताजा अपडेट