पाल्पा, १६ चैत । पाल्पाको निस्धी गाउँपालिका–७ मा जन्ती सवारी जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको निस्दी गाउँपालिका वडा नं. ७ चारघरे ज्यामिरेमा जिप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख डम्मर गिरीले बताउनु भयो ।
भेलपानीबाट हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१ जीप सोमबार अपरान्ह साढे ५ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खसेको हो । जिपमा ६ जना सवार रहेको र एक जनाले हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा निस्दी ७ का ४५ वर्षिय खड्गबहादुर सोमै, सोही स्थानका ५५ वर्षिय देवीलाल खन्गाह, ४५ वर्षिय लालबहादुर सारु, ५७ वर्षिय सन्तबहादुर सारु र चालक वुद्धिवल सोती रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भुपाल सिंह रानाले बताउनु भयो । जिपमा सवार बेहुलाबेहुली पनि हाम फालेर बाँचेको प्रहरीले जनाएको छ ।


