चितवन समाचार डटकम, १५ बैशाख ।
जिल्ला प्रशासन कार्यलय चितवनले जिल्लाका विकट र बिपन्न समुदायको बसाेवास रहेकाे स्थानमा घुम्ती शिविर चलाायर जनतामा सेवा प्रवाह गर्ने कार्यलाई तिव्रताा दिएकाे छ ।
यसैक्रममा बैशाख १३ र १४ गते राप्ती नगरपालिकाकाे वडा नम्बर १० ठकुरी भञ्ज्याङमा दुई दिने शिविर चलाईएकाे चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
शिविरमा नागरिकता, मतदाता परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण गरिएको बस्नेतले बताउनुभयाे । दुईदिने शिविरमा ३ सय ४१ जनालाई नागरिकता वितरण गरिएको उहाँले जानकारी दिनुभयाे ।
“बस्ती पाहाड र निकै विकटमा रहेकाे र चेपाङ वाहुल्य रहेेछ, गाउँमै पुगेर नागरिकता वितरण गर्दा स्थानीयले ठुलाे राहात महसुस गरे”-प्रजिअ बस्नेतले भन्नुभयाे ।
शिविरमा प्रजिअ बस्नेतकाे नेतृत्वमा प्रशासनकाे टाेलि र राप्ती नगर प्रमुख प्रभा बरालकाे नेेतृृत्वमा नगरपालिकाकाे टाेलि गएको थियाे ।
विकट बस्ति र बिपन्न समुदायको बसाेवास रहेका जिल्लाका अन्य स्थानमा पनि कतिपय ठाउँमा शिविर राखिसकेकाे र कतिपय ठाउँमा राख्ने तयारीमा रहेकाे प्रजिअ बस्नेतले जानकारी दिनुभयाे ।


