शालिग्राम नेपाल
चितवन समाचार डटकम,
१४ बैशाख । एसइइ दिइयो अव के गर्ने ? फुर्सदको समयमा घुम्ने । भविश्यमा के पढ्ने हो त्यसको लागि अहिलेदेखिनै तयारी गर्ने । यी र यस्तै कुराहरुको खुलदुली एसइइ दिएका विद्यार्थीको मनमा हुने गरेका छन् । केही विद्यार्थीले आफ्नो भविश्यको योजना अनुसार पढ्ने विषयहरु रोजेर तयारीमा लागेका छन्, भने कोही अझै रमाइलो घुमफिरमा दिन बिताइ रहेका छन् ।
विद्यार्थी जीवन अध्ययन गर्ने र आफ्नो भविश्य उज्ज्वल वनाउने समय भएको बताउनु हुन्छ त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर हरिहर पौडेल । घुम्ने रमाइले गर्ने र आराम गर्ने दिन पछि आउछ । तर पढ्ने वेलामा घुमफिरमा लाग्यौ भने जीवनमा असर गर्दछ । एसइइ दिएर बसेकाहरुले अहिलेदेखिनै आराम गर्ने घुम्ने र रमाउने तर्फ लागे आफूले अध्ययन गर्ने क्षेत्रमा तयारी कम हुन सक्छ । उहाँ भन्नु हुन्छ पहिला फलामको ढोकाको रुपमा रहेको एसएलसी अहिले केही सामान्य हुदै गएको छ ,। तर पनि यो तहको अध्ययन पूरा गरेपछि आफूले कुन क्षेत्र रोज्ने हो अहिलेनै निर्णय लिनु पर्दछ ।
सहि मार्ग निर्देशन नभएमा विद्यार्थी अन्यौलमा परी जीवन वर्वाद हुन सक्छ । तर बेलामा सहि परामर्श र उचित निर्णय गर्नेले राम्रो प्रगती गरेका छन् । भर्खरै विद्यालय तहको परीक्षा सकेका विद्यार्थीको मनमा भविश्यको वारेमा धेरै चिन्ता लिएर बस्ने बानी हुदैन । तर आफ्ना अभिभावक, शिक्षकले उचित परामर्श दिएर रुचि अनुसार अध्ययन गर्न दिनु पर्ने पौडेल बताउँनु हुन्छ ।

अध्ययनमा राम्रो गरेकाहरुले विज्ञान विषयलाई आफ्नो प्राथमिकतामा राख्ने गरेका हुन्छन् । ठिकै अंक ल्याउनेहरुको पनि रोजाइ विज्ञान हुने गरेको छ । तर पनि विज्ञान विषय अध्ययन गरेर भोली आफू चिकित्सा क्षेत्र, इन्जिनियरिङ क्षेत्र, कृषि तर्फको विज्ञान क्षेत्र, अध्ययापन लगायतको विभिन्न क्षेत्रमा जान सकिने बाटो खुल हुने गर्दछ । त्यही कारणले विज्ञान तर्फको आकर्षण वढेको छ । विज्ञान पढ्ने सवै डाक्टर हुन्छन् भन्ने होइन उहाले भन्नु भयो विज्ञान पढ्नेले अन्य क्षेत्रमा पनि राम्रो भविश्य बनाउन सक्दछन् ।
विज्ञान विषय अध्ययन गर्ने सोच बनाएका एसइइ दिएर वसेका विद्यार्थीले मेहनत गर्नलाई अल्छी मान्न हुदैन । अहिलेको युग प्रतिष्पर्धाको समय भएकाले अध्ययन गर्नको लागि पनि प्रवेश परीक्षा पास गर्नु पर्ने हुन्छ । त्यस विषयलाई ध्यान दिएर आफूले पूर्व तयारी गरेर बस्नु आवश्यक रहेको उहाँ बताउँनु हुन्छ । पूर्व तयारी आफैले घरमा, अनुभवी शिक्षकको सहयोग लिएर वा व्रिज कोर्ष अध्ययन गरेर । यी कुनै माध्यमबाट आफूलाई तयारी अवस्थामा राख्नु पर्ने उहाको भनाइ छ । व्रिज कोर्ष अध्ययन गर्नको लागि उपयुक्त स्थान खोजेर आफूले चाहेका विषय अध्ययन गराउने सस्थामा जानु पर्ने हुन्छ । आफूले अध्ययन गर्ने स्थानमा अनुभवी शिक्षक छ छैन भनी वुझेर अध्ययन गर्न गएमा उद्देश्य अनुसार लक्ष्यमा पुग्न सकिने प्राध्यापक डाक्टर पौडेलको सुझाव छ ।
विज्ञान मात्रै महत्व अरु विषय कम महत्वका भन्ने होइन । आफ्नो रुचि, आफ्नो पढाइको क्षमताको आधारमा पनि अध्ययन गर्ने विषय छनौट हुन सक्दछ । राम्रो तहमा पास भएको व्यक्तिले विज्ञान विषय नपढी अन्य विषय अध्ययन गर्ने पनि हुन्छन् । अध्ययन पूरा भएपछि रोजगारी हुनु पर्छ भन्ने मान्यता लिएका हुन्छन् । अध्ययन ग¥यो जागिर पाइदैन यस्तो समस्याबाट टाढै रहनको लागि प्राविधिक शिक्षा अध्ययन गर्नु पर्ने यस क्षेत्रका विज्ञको भनाइ छ ।
प्राविधिक शिक्षा तर्फ आकर्षण
सामान्य भन्दा प्राविधिक शिक्षा अध्ययन गरेकाले रोजगारीको अवसर धेरै हुने भएपछि अहिले विद्यार्थीको आकर्षण यसै क्षेत्रमा परेको छ । शिक्षाको लागि केन्द्र बन्दै आएको चितवनमा स्वास्थ्य र इन्जिनियरिङ तर्फको पढाइ हुने भएपछि विद्यार्थीको सख्या यहाँ बढेको छ । स्वास्थ्य तर्फ एसइइपछि प्राविधिक विषय सिटिभिटी अन्र्तगत विभिन्न शिक्षालयमा अध्ययन हुने गरेको छ ।

विद्यार्थीले आफू प्राविधिक विषयमा अध्ययन गर्ने हो भने यसको महत्व र क्षेत्रको विषयमा ध्यान दिनु पर्ने बताउँनु हुन्छ सिटिभिटि स्कुल अफ हेल्थ साइन्स भतपुरका प्रमुख रमन मेहता । अप्राविधिक विषय अध्ययन गरेका भन्दा प्राविधिक विषय अध्ययन गरेका जनशक्ति वेरोजगार हुदैनन ।
एसइइ दिएर वसेका विद्यार्थीले प्राविधिक तर्फ पढ्न पाउने विषयहरु भनेको हेल्थ असिस्टेन्ट(एचए), स्टाफ नर्स, ल्याव टेक्नीसियन, रेडियोग्राफर, टेक्निसियन, अप्थाल्मिक असिस्टेन्ट, ओभरसियर, अनमी, अहेव, सिएमए, जेटिए, अमिन, सव ओभरसियर, फार्मेसी, फिजियोथेरापी लगायतका क्षेत्रहरु छन् । यी मध्य कुनै पनि विषयको अध्ययन पूरा गरेपछि वेरोजगार वस्नु पर्ने अवस्था नरहेको मेहता बताउँनु हुन्छ ।
प्राविधिक विषय तर्फ प्रविणता पत्र तहको अध्ययन पूरा गरेपछि उसले वेरोजगार भएर बस्न नपर्ने नेपाल पोलिटेक्निकका प्रिन्सिपल इन्जिनियर बाबुराम उपाध्याय बताउनु हुन्छ । ‘कि उसले कतै जागीरमा लागि हाल्छ कि स्वरोजगार बनेर आफ्नै सस्था खोल्छ ।’ स्वरोजगार तर्फ उन्मुख भइहाल्छ । यती मात्र नभइ अध्ययनलाई अगाडि वढाएर विषय विज्ञता हासिल गर्नको लागि उच्च शिक्षाको तह समेत छ उहाले भन्नु भयो ।
वेरोजगारीको समस्या हरेक दिन वढ्दै जाँदा आफूले अध्ययन गर्ने विषयको समाजमा कस्तो माग छ भन्ने बारेमा आफूले राम्रोसंग वुझेर मात्र पढ्नु पर्ने उहाको भनाइ छ ।
सरकारले अहिले प्राविधिक विषयलाई जोड दिएर विभिन्न कार्यक्रम समेत चलाएको छ । हरेक स्थानीय तहमा प्राविधिक विषय अध्ययन गर्ने एउटा युनिट स्थापना गर्ने, प्राविधिक शिक्षालाई प्राथमिकता दिएर अध्ययन गराउने, भविश्यमा साधारण शिक्षालाई क मगर्दै प्राविधिक शिक्षालाई स्थान दिने योजना वनाउने तयारी गरेको छ । वढ्दो वेरोजगारको समस्या समाधानको लागि प्राविधिक विषय अध्ययन एउटा राम्रो विकल्प हुने पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे बताउनु हुन्छ ।
हामी जे पढ्छौ त्यो भविश्यमा गर्दैनौ जे गर्छौ त्यो अहिले पढ्दैनौ त्यही भएर नेपालमा वेरोजगारको सख्या वढेको छ उहाले भन्नु भयो । अव विश्वको परिवेश अनुसार नेपाललाई अगाडि वढाउनको लागि पनि प्राविधि संग सम्वन्धीत विषय अध्ययन गराउनु आवश्यक रहेको उहाको तर्क छ ।
एसइइ दिएर वसेकाले आफ्नो क्षमता अनुसार कुन विषय पढ्ने हो त्यसमा निर्णय लिनु पर्ने इन्जिनियर उपाध्याय भन्नु हुन्छ । प्राविधिक वा अन्य विषय कुन क्षेत्रमा जाने हो त्यो निर्णय लिनु पर्ने हुन्छ । ‘अध्ययन गर्नको लागि प्रतिश्पर्धा हुने भए त्यसको तयारी कक्षा लिएर अगाडि वढ्नु पर्छ ’ उहाले भन्नु भयो ‘पढाइको तह सामान्य छ भने नजिता आउने वितिकै पढ्न पाउने क्षेत्र पहिचान गरी प्राविधिक क्षेत्रनै रोज्नु पर्ने हुन्छ ।’ पढ्ने वितिकै आर्थिक आर्य आर्जन गर्न सकिने विषय नरोजे वेरोजगार वस्नु पर्ने उहाको भनाइ छ ।


