नेकपाद्धारा ७७ वटै जिल्लाको अध्यक्ष र सचिव नामावली घोषणा, चितवनको अध्यक्षमा परियार र सचिवमा पोखरेल

चितवनसमाचार डटकम
चितवन, ९ वैशाख :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्ला कमिटिको अध्यक्ष र सचिव नामावली घोषणा गरेको छ ।

काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा गरिएको एक भव्य कार्यक्रम बिच नेकपाको एकता प्रक्रिया टुंगिएको दाबी गरिएको छ ।

चितवनमा अध्यक्षमा पूर्व माओवादीका यमबहादुर परियार र सचिवमा पूर्व एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल चयन भएका छन् ।

७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट