काठमाडौं, ९ वैशाख :
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कमिटिहरुको एकताको घोषणा आज हुँदैछ ।
आइतबार साँझ बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको अन्तिम नामवली टुंगो लगाएको हो ।
एकताका क्रममा ७७ जिल्ला मध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्ला नेतृत्व तत्कालीन माओवादीले पाएका छन् । एमालेले अध्यक्ष पाएको जिल्ला सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्ला एमालेका नेता सचिव हुने सहमति भएको छ ।
नयाँ मापदण्डले सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखमा निर्वाचित पनि पार्टीका जिल्ला अध्यक्ष र सचिव बन्नेछन् । २२ जनवर्गीय संगठनको नेतृत्व पनि जिल्ला एकीकरणकै मोडलमा टुंग्याइने सचिवालयका एक नेताले बताए ।


