सरकारद्वारा राप्रपालाई वार्ताको आह्वान, हिन्दु राष्ट्र राप्रपाको एजेण्डा

काठमाडौं, ८ बैसाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारले वार्ताका लागि निमन्त्रणा गरेको छ । हिन्दू राष्ट्र पुनर्स्थापना लगायतका विभिन्न २२ बुँदे माग अघि सार्दै आन्दोलनरत राप्रपालाई सरकारका मन्त्री भानुभक्त ढकालले वार्तामा सहभागी हुन लिखित पत्र पठाएका हुन् ।

राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ढकालले आइतबार राप्रपालाई वार्ताका लागि पत्र पठाएका हुन् । पत्रमा वैशाख १० गते सिंहदरवारमा वार्ताका लागि निमन्त्रणा गरिएको बर्तौलाले बताए ।

राप्रपाले सरकारीपत्रबारे आधिकारिक धारणा तयार पार्न सोमबार आन्तरिक बैठक बोलाएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बस्ने बैठकले वार्तासम्बन्धी आवश्यक निर्णय गर्ने बताइएको छ ।

२२ बुँदे मागसहित आन्दोलनमा उत्रिएको राप्रपाले पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा समिति गठन गरेलगत्तै सरकारले वार्ताका लागि बोलाएको हो ।

शेयर गरौ

ताजा अपडेट