तीन खम्बे अर्थ नीतिबाटै देश समृद्धि ः अध्यक्ष प्रचण्ड

चितवन समाचार डटकम,
८ बैशाख । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन खम्बे अर्थ नीतिबाट नै देश समृद्धि तर्फ जाने बताउनु भएको छ ।
चितनवको भरतपुरमा सहकारी पेट्रोल पम्पको उद्घाटन गर्दै उहाले संविधानले नै परिकल्पना गरेको तीन खम्बे अर्थ नीति भएकाले यसको विकल्प नभएको बताउनु भयो । सबैको लगानीबाट देशलाई हामीले समृद्ध बनाउन सक्छौ उहाले भन्नु भयो ‘सहकारीको लगानीबाट देशका विभिन्न स्थानमा तीनसय भन्दा धेरै उद्योग सञ्चालनको तयारीमा छन्, यो हाम्रो लागि खुसीको कुरा हो । ’

पब्लिक पार्टनरशीपबाट हामीले विकास गर्न सक्छौ । निजी क्षेत्रलाई अलग राखेर, सहकारीलाई अलग राखेर विकास सम्भव छैन । हाम्रो देश बनाउन सबैको साथ र हात आवश्यक छ । लामो संघर्षपछि बनाएको संविधानले पनि सार्वजनिक, निजी र सहकारीको सहकार्यमा देशको अर्थ तन्त्रलाई अगाडि बढाउने स्पष्ट दिशानिर्देश गरेको पूर्व प्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले भन्नु भयो ।
राष्ट्रिय सहमतीका साथ हामीले देश बनाउने संकल्प गरेका छौ । सामाजिक न्यायसहितको समाजवाद उन्मुख समाज लैजानको लागि सहकारीको पनि भूमिका छ । उहाले भन्नु भयो सहकारीसंग आवद्ध भएका धेरै जनता हुनुहुन्छ, उहाँहरुले उदाहरणीय धेरै काम गर्नु भएको मलाई जानकारी छ । सहकारीको जन्म भएको जिल्ला पनि चितवन हो त्यसैले यहाँका जनता सक्षम हुनुहुन्छ त्यही भएर यती धेरै लगानीमा पेट्रोल पम्प सञ्चालन गर्नु भएको छ ।
उहाले भन्नु भयो अब देशले विकासको केल्टे फेर्ने बेला आएको छ, त्यसको नयाँ नयाँ रेकर्ड जिल्लाहरुले राख्नेछन् । अन्य जिल्लामा नयाँ आयाम हुने छ चितवन जिल्लाको अलगै पहिचान हुन्छ मैले विश्वास लिएको छु । विश्वलाई चमत्कार देखाउने गरी हामीले राम्रा काम गर्ने छौ अध्यक्ष प्रचण्डले भन्नु भयो ।
सहकारीहरुको ४ करोड भन्दा धेरैको लगानीमा निर्माण भएको पम्प परिसरमा रेष्टुरेन्ट, अपाङ मैत्री शौचालय, ज्याकवास लगायत विभिन्न सेवा रहेको छ । उद्घाटन कार्यक्रममा संघीय संसद तथा चितवनको निर्वाचन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेल, राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल पार्वती, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललगायतको उपस्थिति रहेको थियो । पम्प निर्माणका क्रममा विभिन्न माध्यमबाट सहयोग गर्नेहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट