चितवन समाचार डटकम
चितवन, ७ बैशाख । उत्पादनमुलक क्षेत्रमा लगानी आवश्यक रहेको प्रदेश ३ को लगानी सम्मेलनमा जोड दिइएको छ ।
हिजो र आज भरतपुरमा दुइ दिन चलेको प्रदेश स्तरीय सम्मेलनमा उत्पादन मुलक क्षेत्रमा लगानी गरेर मात्र समृद्धि प्राप्त गर्न सकिनेमा जोड दिइएको थियो । चितवनको भरतपुरमा भएको सम्मेलनमा पूर्व अर्थ मन्त्री तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद सुरेन्द्र पाण्डेले स्थान अनुसारको लगानी आवश्यक रहेको बताउनु भयो । ‘चितवनमा पोल्ट्री, काभ्रे र धादिङमा तरकारी यस क्षेत्रमा ठुला लगानी आवश्यक छ’ उहाले भन्नु भयो ‘जसले व्यवसाय गरेर उत्पादन गर्न सक्दछ त्यसलाई प्राथमिकता दिनु पर्दछ ।’
हामी आत्मनिर्भरबाट परनिर्भर भएका छौ यो विषयमा ध्यान दिएर उत्पादनमुलक क्षेत्रमा ठुला लगानी भित्राउनु पर्नेमा उहाँको जोड थियो । चितवनमा अहिले ५० अर्ब रुपैया पोल्ट्री क्षेत्रमा लगानी भएको छ यो लगानी अझै बृद्धि गरेर यहाँ पोल्ट्री जन्य सामग्री उत्पादन गर्न सक्दछौ पाण्डेले भन्नु भयो । यसै क्षेत्रमा लगानी गर्न चाहनेहरुलाई त्यही वातावरण निर्माण गर्नु पर्दछ । चितवनको अर्को धेरै सम्भावना रहेको ठाउँ पर्यटन हो यहाँ पनि धेरै लगानी भएको छ । यसमा पनि ठुला लगानी गर्नेहरुलाई ल्याएर यहाँको आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।
व्यवसायी तथा भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङले लगानी मात्र नभइ यसमा महेनत र निरन्तरताको खाँचो रहेको बताउनु भयो । ‘हामी लगानी गर्ने भन्छौ तर निरन्तरता दिन सक्दैनौ त्यसैले लगनशीलता, निरन्तरता र मेहनत आवश्यक छ ।’ आवश्यक जमिनको अभावमा आफूले उत्पादन क्षेत्रमा लगानी गर्न नसकेको बताउनु भयो । उहाले भन्नु भयो ‘म १० अर्ब लगानी गर्छु मैले भनेको जस्तो जग्गा दिन सक्नु पर्दछ ।’
लगानी वोर्डका सदस्य बालकृष्ण शिवाकोटीले खेती योग्य जमिनलाई उपयोगमा ल्याउन नसके आवस्था झन जटिल बन्दै जाने बताउनु भयो । कृषिबाट नै हामीले राम्रो उत्पादन गर्न सक्छौ, उहाले भन्नु भयो लगानी कृषिमा पनि गरौ उत्पादन वढाऔ । हजारौ हेक्टर जमिन बाँझो छ हामीले केही गर्न सकेका छैनौ ।
उद्योग संघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले लगानी गर्न चाहने उद्यमीलाई राज्यले सहज वातावरण दिनु पर्ने बताउनु भयो । केही गछू भनेर लगानी गर्न आएकाहरुलाई सहज वातावारण नभए लगानी गर्ने भनेर मात्र नहुने बताउनु भयो । हामी परनिर्भरता चाहदैनौ आत्मनिर्भर बन्न चाहन्छौ त्यही भएर लगानी गर्ने वातावरण वनाइदिनुस हामी उत्पादन दिन्छौ ।
सम्मेलनमा प्रदेशका मन्त्री संघ तथा प्रदेशका सांसदहरु, विषय विज्ञहरुले आफ्नो क्षेत्रमा भएका सम्भावनाको विषयमा धारणा राख्नु भएको थियो । कृषि, पर्यटन, उद्योग, व्यापार, व्यवसाय, उत्पादन क्षेत्रलगायतको विषयमा अलग वहस छलफल गरिएको थियो । विषय विज्ञहरुको सहभागीतामा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।


