चितवनको माडीमा किशोरी माथी बलत्कार, पीडक फरार

चितवन समाचार डटकम, ७ बैशाख ।
चितवनको माडी नगरपालिकामा एकजना १५ बर्षिया किशोरी माथी बलत्कार भएको छ ।
भरतपुर महानगरपालिका घर भएकी ती किशोरी माडीमा आफन्तको घर गएका बेला स्थानीय मगई खोलामा शुक्रवार दिउसो निउरो टिप्न जाँदा बलात्कृत भएकी हुन् । ती किशोरी लाई ४० बर्षिय एकजना पुरुषले पछाडीबाट आई जवरजस्ती समाति नजिकै रहेको काँसघारीमा जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक दुर्गा रेग्मीले चितवन समाचारडटकम लाई जानकारी दिनभयो । निउरो टिप्न जादाँ करिव ६ वर्षको वालकलाई समेत ती किशोरीले संगै लिएर गएकी थिईन् । पीडकले ती बालकलाई सय रुपैयाँको नोट दिएर चाउचाउ किन्न पठाएका थिए । सोही बेला शुक्रवार दिउसो २ बजेको समयमा किशोरी माथी जवरजस्ती करणी भएको प्रहरी नायव उपरिक्षक रेग्मीले जानकारी दिनुभयो ।
घटनापछि पिडित किशोरीले  आफुमाथी जवरजस्ती करणी भएको भन्दै  जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छिन् । पिडित किशोरीको शुक्रवार साँझ भरतपुरमा मेडिकल परिक्षण गरिएको छ । पीडक व्यक्ति फरार रहेकोले खोजी कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट