चितवन समाचारडटकम, ६ बैशाख ।
उद्योगपति बिनोद चौधरीले राज्यले लगानीको वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
प्रदेश नम्वर ३ सरकारको प्रदेश नीति तथा योजना आयोगको आयोजनामा आजवाट भरतपुरमा शुरु भएको सम्मेलनमा बोल्दै चौधरीले लगानीको सुरक्षा हुन सके मात्र नीजि क्षेत्र ढुक्क रहने अवस्था आउने बताउनुभयो । सरकारका आयोजनाहरु समयमा नसकिदा समृद्धिको अभियानलाई प्रभावित बनाउने चौधरीले बताउनुभयो । एक सय १८ अर्वको योजना अलपत्र अवस्थामा रहेको चौधरीको भनाई छ ।
“पाँच बर्षमा सक्नुपर्ने योजना १५ बर्षमा सकिन्छ । सरकारले राम्रो संग काम गर्न सकेन । छिटो काम सक्ने गरी गर्नुपर्दछ ।” चौधरीले भन्नुभयो ।
बिकास र समृद्धि हासिल गर्न प्रदेश नम्वर ३ सक्षम हुन सक्ने प्रशस्त आधार रहेको बताउदै चौधरीले लगानीको बातावरण निर्माणमै प्रदेश सरकार पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।


