चितवन समाचार डटकम, ४ बैशाख ।
भरतपुर महानगरपालिकाको बाईपास रोडमा बुधवार साँझ ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आँपटारीबाट केन्द्रिय बसपार्क तर्फ जादै गरेको बा ४ ख ८१७६ नम्बरको ट्रकले बा ४६ प ७८३० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका ५ बस्ने बर्ष ३७ का रेशम बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गुरुङलाई उपचारका लागि भरतपुर अस्पतालमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


