प्रमुख निर्वाचन आयुक्तमा थपलिया सिफारिस

काठमाडौं, ४ बैसाख । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । बुधबार उजुरीकर्ता र थपलियासँग छलफलपछि सुनुवाइ समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

थपलियाविरुद्ध सुनुवाई समितिमा ६ वटा उजुरी परेको थियो । सुनुवाई समितिमा थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधबार संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले आफू नियुक्त भए उपचुनाव प्राथमिकतामा पर्ने बताएका छन् । संघीय संसद, प्रदेशका साथै स्थानीय तहका रिक्त पदहरुमा समेत उपचुनाव हुन सकेको छैन ।

थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पुर्‍याउने कार्ययोजना समेत पेश गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट