किन बिकेन अण्डा ? यस्तो छ भित्री रहस्य

चितवन समाचार डटकम,
३ बैशाख ।

अण्डा बिक्रि नभयपछी किसान अहिले चिन्तामा परेका छन । अण्डा उत्पादक किसानदेखी यसको व्यबसाय गर्ने सम्मलाइ कुखुराको अण्डा बिक्री नहुदा तनाव भयको छ ।
बिगत केही महिना अगाडि सम्म राम्रो मुल्य पायका अण्डा किसानलाई अहिले बिक्री नहुदा समस्या परेको हो । चितवन समाचार डटकमलाई प्राप्त सुचना अनुसार वर्डफ्लु लागेर काठमाण्डौमा काग मरेपछि कुखुराको अण्डा बिक्रीमा भारी गिरावट आएको छ ।
केही हप्ता अगाडि काठमाण्डौका कागमा वर्डफ्लु लागेर मरेको सार्वजनिक भएपछि त्यसको असर कुखुराको अण्डामा परेको हो । अण्डाको प्रमुख बजार काठमाण्डौ रहेको छ । केही महिना अगाडि हेटौडा र कठमाण्डौमा वर्डफ्लु लागेर कुखुरा मरेका थिए । तर कुखुरा जन्य उत्पादनमा असर परेको थिएन नेपाल अण्डा उत्पादक सघका अध्यक्ष त्रिलोचन कडेलले भन्नु भयो ‘ कागमा रोग लागेपछि अण्डा बिक्री भएन ।’
कागमा वर्डफ्लु लागेपछि एकाएक अण्डा बिक्रीमा भारी गिरावट आएको छ । अण्डा उत्पादनको लागि चितवनले नेपालको ३० प्रतिशत भाग ओगटेको छ । यहाँ उत्पादन भएका अण्डाको मुख्य बजार काठमाण्डौ हो अध्यक्ष कडेलले भन्नु भयो । यहाँबाट बिक्रीका लागि राजधानी गएका अण्डाहरु एक हप्तादेखि थन्किएर बसेको छ । यसले गर्दा वाध्य भएर हामीले अण्डाको मुल्य घटाउनु परेको छ अध्यक्ष कडेलले जानकारी दिनु भयो । संघका अनुसार चितवनबाट दैनिक पाँचहजार कार्टुन अण्डा राजधानी जाने गरेको छ । तर अहिले दुइहजार कार्टुन अण्डा जानपनि मुस्किल भएको छ ।
अण्डा, कुखुराको मासु बिक्रीमा वर्डफ्लुको असर परेको पोल्ट्री व्यवसायीले जानकारी दिएका छन् । रोगको डरले उपभोक्ताले अण्डा खरिद नगरेको भन्दै सस्तो बनाउन बाध्य भएको संघले जनाएको छ । अहिलेको मुल्यमा किसानको लागत भन्दा पनि कम मुल्य रहेको जानकारी दिएको छ । कुखुराको मासु राम्रोसङ पकाएर खाएमा रोग नलाग्ने चिकित्सकहरुले बताएका छन् ।
संघका अनुसार अण्डाको उपभोक्ता मूल्य रु.१३ बाट घटाएर रु.१० निर्धारण गरेको छ । अण्डा नेपालमा हाल दैनिक ५० लाख गोटा उत्पादन हुने गरेको छ । वर्तमान बजार अवस्था अनुसार दैनिक १ करोड, ९२ लाख रुपैया नोक्सानी सहनु परेको छ ।
कुखुरालाई आवश्यक पर्ने दानाको कच्चा पदार्थको मूल्य क्रमिक रुपमा बृद्धि हुदै जानु र उत्पादित अण्डा, चल्लाको मूल्यमा क्रमशः गिरावट आउनु ले व्यवसायीहरुले ठुलो नोक्सानी व्यहोर्न परेको संघले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट