दिल्ली काठमाण्डौ चल्ने बसमा अबैध सामानको कारोबार

काठमाडौ ३ बैशाख । दिल्ली काठमाण्डौ चल्ने पर्यटक बसबाट अवैधरुपमा सामान ल्याएको भन्दै नियन्त्रणमा लिएको छ ।
कपडा र अन्य सामग्री भन्सार छलेर अवैधरुपमा नेपाल ल्याएको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । सस्तोमा दिल्लीबाट भन्सरा छली काठमाण्डौ सामान ल्याएर बिक्री गर्न लागेको भन्दै करिव ६० लाख बराबरको सामान बरामद् गरेको छ । प्रहरीले ना ५ ख ४८४२ नं.को वसबाट सामान बरामद गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार कुर्ता ६ सय ६० पिस, टप्स २ हजार २ सय ९५ पिस बरामद् गर्न सफल भएको छ । यसबाहेक पाइन्ट २ सय ३४ पिस, सर्ट ८ सय २९ पिस, टि–सर्ट १ सय ४१ पिस, समिज १ सय २२ पिस, लेदर ब्याग ६ पिस, लेहेंगा ७ सय पिस समेत बरामद् गरेको छ ।
उनीहरुको साथबाट ४ लाख ५० हजार रुपैयाँ, ५० लाख भन्दा बढीको अवैध तरिकाबाट भित्र्याइएको लत्ताकपडा, मोवाइल सेट लगायत बरामद् गरेको एसएसपी लामाले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा सर्लाही घर भएका वस चालक श्याम विश्वकर्मा, सुर्खेतकी ३२ वर्षीया दीपा राना र नुवाकोटका भरत तामाङ रहेका छन् । उनीहरुले प्रहरीलाई नै सामान छुटाउन भन्दै घुस दिन तयार भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यस अघिपनि दिल्ली काठमाण्डौ चल्ने बसमा रक्तचन्दन, अवैध कपडाको कारोबार हुने गरेको सार्वजनिक भएका थिए ।

शेयर गरौ

ताजा अपडेट