काठमाडौं, ३ बैशाख :
नेपाली स्याटेलाईट बिहिबार अमेरिकाबाट उड्ने भएको छ ।
नेपालको पहिलो भु – उपग्रह “नेपाली स्याट – १” अमेरिकाबाट लन्च हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रविन्द्र ढकालका अनुसार नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको रावना–१ र जापानको उगिसु भु–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ ।
यसैबिच अमेरिकी अन्तरिक्ष संस्था नासाले लन्चको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । अमेरिकी समय अनुसार बुधबार अपराह्न ४ बजेर ४६ मिनेटमा लन्च हुनेछ । –कान्तिपुरबाट


