चितवन समाचारडटकम, २६ चैत ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेत्र विप्लव चन्द विप्लवसंग नेकपा प्रवेश गर्नुको बिकल्प नरहेको बताउनुभएको छ ।
बिप्लवसमुहका केही युवा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेकपा अध्यक्ष प्रचण्डले केही समय पछि बिप्लव पनि यसरी नै आउनुको बिकल्प नरहेको बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनको बृहतर हितमा , राष्ट र जनताको हितमा समाजवादको दिशामा अघि बढ्नुनै आजको अवश्यक्ता रहेको प्रचण्डको भनाई छ । नयाँ परिस्थितीमा नयाँ ढंगले अघि बढ्नका लागी नेकपामा समाहित हुनुको बिकल्प नरहेको उहाँले बताउनुभयो ।
पार्टीमा प्रवेश गरेका विप्लब समुहका कार्यकर्तालाई खुमलटार स्थित निवासमा संक्षिप्त संवोधन गर्दै कुनै डर त्रास नमानि अघि बढ्न प्रचण्डले निर्देशन दिनुभयो ।


